कांग्रेस निकट दुई कर्मचारी संगठन मिल्ने संकेत

३ माघ २०७०, शुक्रबार १७:४७ मा प्रकाशित

काठमाडौं, ३ माघ । कांग्रेस निकट असन्तुष्ट नेपाल निजामती कर्मचारी संघले लोकतान्त्रिक शक्तिसँग एकता र सहमति गरेर जान तयार रहेको निर्णय गरेको छ ।
राजधानीमा आज (शुक्रबार) बसेको संघको केन्द्रीय समिति बैठकले लोकतान्त्रिक शक्तिहरुसँग एकता सहमति र सहकार्यका लागि पहल गर्ने निर्णय गरेको हो । ‘एकताका लागि कर्मचारी संघले जुनसुकै त्याग गर्न तयार छ,’ संघका प्रवक्ता विश्वबन्धु रेग्मीले भने, ‘नेपाल निजामती कर्मचारी युनियनको नेतृत्वले पनि त्यागको भावना देखाउनु पर्छ ।’
उनले युनियनले त्यागको भावना देखाएमा दुबै कर्मचारी संगठन एक हुने सम्भावना रहेको बताए । ‘संघ मिलाउन कुनै पनि ब्यक्ति बाधक हुँदैन,’ रेग्मीले भने ।
संघले प्रजातन्त्रवादी सबै कर्मचारीहरुलाई एकजुट बनाई प्रजातान्त्रिक संगठन निर्माणमा भूमिका खेल्ने समेत जनाएको छ । बैठकले वार्ताका लागि अध्यक्ष शोभाखर रेग्मीलाई सम्पूर्ण अधिकार दिएको छ ।
संघले स्वास्थ्य वीमालाई तुरुन्त लागू गर्नु पर्ने, प्रोत्साहन भत्ता सबै क्षेत्रमा लागू गर्न निजामती सेवाको जस्तै स्वास्थ्य सेवामा समायोजनको व्यवस्था गर्नु पर्ने, नायब सुब्बाबाट शाखा अधिकृतमा आन्तरिक प्रतियोगिताबाट प्रतिष्पर्धा गर्ने कानूनी व्यवस्था गर्न, गराउन सञ्चयकोषको व्याजदर घटाउन अविलम्व नेपाल सरकारसंग माग गर्ने निर्णय पनि गरेको छ ।
संघले पूर्वाञ्चल संयोजकमा मुकुन्दसिंह तुम्वाहाम्फेलाई मनोनयन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक