सरकार गठनमा सहयोग गर्नुस् : कोइराला

३ माघ २०७०, शुक्रबार ११:४१ मा प्रकाशित

काठमाडौं, ३ माघ । सरकार गठनको तयारी भई रहेका बेला कांग्रेस सभापति सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहालको लाजिम्पाटस्थित निवासमा आज (शुक्रबार) विहान भएको भेटवार्तामा सरकार गठन, संविधानसभा बैठक र तयारीका विषयमा परामर्श भएको हो । भेटमा सभापति कोइरालाले एमाओवादीलाई सहमतीय सरकार गठनमा सहयोग गर्न आग्रह गरे ।
‘कांग्रेसको नेतृत्वमा बन्ने सरकारमा एमाओवादीपनि सहभागी हुनु पर्छ,’ सभापति कोइरालालाई उदृत गर्दै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘सरकार गठनमा सहयोग गर्नुस् ।’ कोइरालाले एमाओवादीलाई सरकार भन्दा बाहिर नबस्न आग्रह समेत गरे ।
भेटवार्ता पछि पत्रकारसंग कुरागर्दै महामन्त्री सिटौलाले छिट्टै प्रमुख तीन दलका शीर्ष नेताहरु बसेर सहमतीय सरकार बनाउने विषयमा ठोस निर्णय गरिने बताए । ‘तीन दलका शीर्ष नेताहरुको बैठक छिट्टै बसेर ठोस निर्णय हुन्छ,’ उनले भने ।
संविधान सभाको बैठक माघ आठ गते देखि सुरु हुने तयारी भई रहेका बेला कांग्रेसले एमाओवादीलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको हो । राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा एमालेसंग कांग्रेसको विमती छ ।
भेटमा सभापति कोइराला, एमाओवादी अध्यक्ष दाहालका साथै उपसभापति रामचन्द्र पौडेल, महामन्त्री सिटौलालगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

फ्लोरिडा । मेक्सिकोकी सुन्दरी एंड्रिया मेजाले मिस युनिभर्स २०२१ को ताज जितेकी छन् । आइतबार राति अमेरिकाको फ्लोरिडास्थित हलिवुडको हार्ड

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको