राहदानीलाई ‘युनिभर्सल’ प्रमाणपत्र

३ माघ २०७०, शुक्रबार ०८:४० मा प्रकाशित

काठमाडौं – वैदेशिक रोजगारका समस्यामा केन्द्रित रहेको चलचित्र ‘राहदानी’लाई अब सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन् । यो चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले सबै वर्गले हेर्न सक्ने ‘युनिभर्सल (यू) सर्टिफिकेट’ प्रदान गरेको छ ।
यो चलचित्रका प्रस्तुकर्ता लक्ष्मीप्रसाद ढकालका अनुसार रादहानीमा रहेको एउटा गाली र चारओटा जातीय गरी पाँचओटा ‘पिप’को आवाज राख्न सेन्सर बोर्डले निर्देशन दिएको थियो । सो निर्देशन पालना गरेपछि ‘यू’ प्रमाणपत्र पाएको उनले राजधानीलाई बताए । चलचित्र बारे उनले भने, ‘सबै वर्गका लागि भनेर हामीले राहदानी समसामयिक सामाजिक चलचित्र बनाएका हौं । सेन्सर बोर्डका पदाधिकारीहरूले चलचित्रको प्रशंसा गर्दै यू प्रमाणपत्र दिनु भएको छ ।’ यो चलचित्रको निर्देशन डब्बु क्षत्रीले गरेका हुन् । यही चलचित्रबाट क्षत्रीले चलचित्र निर्देशन सुरु गरेका हुन् ।
राहदानीमा दयाहाङ राई, अशोक रिजाल, नवीन लम्साल, रूपा खनाल, विनिता घिमिरे, सिर्जना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, तेन्जिङ शेर्पा, विकास जोशी, अस्मिता बस्नेत, विधा कार्की, अयुस्मा श्रेष्ठ, शैलेन्द्र
बस्नेत आदि कलाकारको अभिनय रहेको छ । यो चलचित्रको एउटा गीतमा अभिनेत्री रिमा विश्वकर्माको आइटम डान्स रहेको पनि प्रस्तुतकर्ता ढकालले जानकारी गराए ।
राहदानीलाई आउँदो नयाँ वर्षको अवसर पारेर २८ चैतदेखि देशव्यापी रूपमा प्रदर्शन गर्न लागिएको पनि उनले बताए । यो सिनेमालाई ७ फागुनबाट दोलखाका अनाथ बालबालिका, काठमाडौंमा क्यान्सरपीडित, बुटबलमा स्थानीय कलाकार संघका लागि सातओटा च्यारिटी सो गरिँदै छ । दोलखाको जिविस भवनमा दुईओटा, काठमाडौंमा चारओटा र बुटवलमा एउटा सो हुन लागेको पनि प्रस्तुतकर्ता ढकालले जानकारी गराए । ‘राहदानीले सामाजिक सेवा गर्ने उद्देश्य लिएको छ । त्यसैले सामाजिक कार्यअन्तर्गत कुनै पनि संघ÷संस्थाको सहयोगार्थ हामी यो चलचित्र विशेष प्रदर्शनका लागि प्रदान गर्नेछौं,’ ढकालले भने ।
यो चलचित्रमा रामशरण उप्रेतीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, बनिस शाहको सम्पादन, राजु शाहको नृत्य निर्देशन, वसन्त सापकोटा/ चेतन सापकोटा/गैरे सुरेश र जुगल डंगोलको संगीत रहेको पनि ढकालले जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ