कार्यसूची तयार गर्न आइतबार सर्वदलीय बैठक

३ माघ २०७०, शुक्रबार ०८:३५ मा प्रकाशित

काठमाडौं, ३ माघ । संसद् सचिवालयले ८ माघका लागि पूर्वनिर्धारित संविधानसभा बैठकको कार्यसूची तयार गर्न आइतबार सर्वदलीय बैठक बोलाएको छ । संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दलका प्रतिनिधिसँग छलफल गर्न आइतबार १ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो । 

संविधानसभाको पहिलो बैठकमा कुनकुन विषयले प्रवेश पाउने भन्ने विषयमा सर्वदलीय बैठकमा छलफल हुनेछ । सर्वदलीय बैठकमा सहमति भए संविधानसभाको पहिलो बैठकको कार्यसूचीलाई अन्तिम रूप दिइनेछ । सभासद्हरूले शपथ ग्रहण नगरेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नमिल्ने भएकाले सर्वदलीय बैठकबाट निर्णय गर्न लागिएको हो ।
सचिवालयले बैठकका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बिहीबार नै पत्राचार गरेको छ । सर्वदलीय बैठकमा आधा दर्जन एजेन्डा पेस गर्ने सचिवालयको योजना छ ।
बैठकको मुख्य एजेन्डा संविधानसभालाई दोस्रो संस्करणका रूपमा लिने वा नयाँ संविधानसभाका रूपमा लैजाने भन्ने रहेको छ ।
दोस्रो संविधानसभा पनि पहिलो संविधानसभाको निरन्तरता भए बाधा अड्काउ फुकाई पुरानै नियमावलीलाई निरन्तरता दिइनेछ भने नयाँ संविधानसभाका रूपमा लगिए अन्तरिम कार्यविधि पारित गरिनेछ । यो कार्यविधि नयाँ नियमावली आउने समयसम्म प्रयोगमा ल्याइने भएको छ । संविधानसभाको निरन्तरता वा नयाँ भन्ने विषयले संविधान निर्माणको विवादमा समेत असर पार्नेछ ।
संविधानसभालाई दोस्रो संस्करणका रूपमा लिए संविधान निर्माणमा बाँकी रहेका विवादहरूबाट छलफल सुरु हुनेछ भने नयाँ संविधानसभाका रूपमा लगिए संविधान निर्माण सबै विषयको छलफल नयाँ सिराबाट हुनेछ । अघिल्लो संविधानसभामा संविधानसभाका मात्रै १४ ओटा समिति थिए । संविधानमा राख्ने विषयबारे जनतासँग जनमत लिने दुईओटा समिति र संविधानसभाबारे सभासद्लाई जानकारी गराई उनीहरूको क्षमता अभिवृद्धि गर्न गठन गरिएको समितिसहित तीन समिति र संवैधानिक समितिबाहेक १० समितिले संविधानमा राखिने विषयबारे छलफल गरी प्रतिवेदन संवैधानिक समितिमा बुझाएका छन् । संविधानभाको दोस्रो संस्करण भए भने संविधानसभाका समितिको संख्या घट्नेछ ।
यता, व्यवस्थापिका संसद् बैठक बस्ने÷नबस्ने विषयमा पनि अहिलेसम्म राजनीतिक दलबीच कुनै छलफल भएको छैन । सोही दिन व्यवस्थापिका संसद् बैठक बसे संसद् नियमावलीको विषयमा पनि अन्तिरिम कार्यविधि वा बाधा अड्काउ फुकाई पुरानै नियमावलीलाई निरन्तरता दिने विषयमा छलफल हुनेछ ।
अघिल्लो संविधानसभाको पहिलो बैठकमा संसद् बैठक बसेको थियो । सो बैठकले बाधा अड्काउ फुकाई पुरानो संसद् नियमावलीलाई निरन्तरता दिएको थियो भने तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई निरन्तरता दिएको थियो ।
सर्वदलीय बैठकमा संविधानसभाको अध्यक्षता गर्न थप अन्य केही सदस्यको पनि मनोनयन गरिने विषयमा पनि छलफल हुने सचिवालयले जनाएको छ । ‘अहिले कम्तीमा चारजनासम्मको नाम सिफारिस गरिने सम्भावना छ, पछि आवश्यकता परे थप गरिनेछ,’ सचिवालय स्रोतले भन्यो । सिफारिस भएका सभासद्लाई संविधानसभा बैठकले मनोनयन गर्नेछ । ज्येष्ठ सदस्य नभए आलोपालो गरी बैठक सञ्चालन गर्नुपर्ने भएकाले अध्यक्षता गर्ने अन्य सदस्य सिफारिस गरिने भएको हो ।
अघिल्लो संविधानसभामा सभाको अध्यक्षता गर्न १० सभासद्को नाम सिफारिस गरिएको थियो । उल्लिखित एजेन्डामा सहमति नभए सर्वदलीय बैठक अर्को दिन पनि बस्न सक्नेछ ।
सचिवालय स्रोतले जनाएअनुसार सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले गरेको संविधानसभा बैठकको आह्वानपत्र पढेर सुनाएपछि अन्य विषयको कार्यसूचीमा प्रवेश गरिनेछ । बैठकको अध्यक्षता ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सभासद् सूर्यबहादुर थापाले गर्नेछन् । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले सभालाई सम्बोधन गर्ने नगर्ने विषयमा पनि राजनीतिक दलबीच छलफल हुनेछ । राजनीतिक सहमति भए अध्यक्ष रेग्मीले पनि बैठकमा सम्बोधन गर्ने कार्यक्रम तयार गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत