नागढुंगा–नौबीसे सडक मर्मत तीव्र

३ माघ २०७०, शुक्रबार ०८:३० मा प्रकाशित

काठमाडौं, ३ माघ । राजधानी प्रवेश गर्ने प्रमुख नाका नागढुंगा–नौबीसे सडक मर्मत तीव्र रूपमा अघि बढेको छ । 

नागढुंगा–नौबीसे सडकखण्डको १० ठाउँमा ढलान कार्य भइरहेको छ । ‘नागढुंगा–नौबीसे सडकमा यातायात आवागमनमा बाधा नहुने गरी सडक मर्मतका काम भइरहेको छ,’ प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले भने, ‘जति सक्दो चाँडो मर्मत कार्य सक्न अनुगमन गरिरहेका छौं ।’
२४सैं घन्टा अत्यधिक भारवहन सवारी चल्ने सो सडक पछिल्लो समय दयनीय बन्दै गएको थियो । नौबीसे उकालो पेट्रोलपम्पमा ८० मिटर, याकघरमा १ सय ५ मिटर, याकघर गहिरोमा २ सय १० मिटर, सुंगुरे खोलामा ७० मिटर, गणेश मन्दिरमा ८० मिटर, सत्रकिलोमा ३० मिटर, खत्रीपौवाको पुलमा काठमाडौंतर्फ ३० र नौबीसेतर्फ २० मिटर ढलान गरिने भएको छ ।
त्यस्तै, खत्रीपौवा मोडमा ९० मिटर, सिस्ने खोलामा ९० मिटर र झ्याप्ले खोलामा २ सय ७० मिटर लामो ढलान गरिने बताइएको छ । यी स्थानमा सचिव बाँस्कोटा नेतृत्वको टोलीले गत ३० पुसमा तेस्रो पटक अनुगमन गरेको थियो ।
सोही क्रममा बास्कोटाले ‘पिक आवर’मा मोटर सञ्चालन हुन दिन र ‘अफ आवर’मा युद्धस्तरमा काम गर्न निर्देशन दिएका थिए ।
याकघर गहिरोमा भने यही माघ पहिलो साताबाट काम सुरु गरिएको भएको छ । खत्री पौवा पुलमा काठमाडौंतर्फ ३० र नौबीसेतर्फ २० मिटर ढलान गर्नुपर्नेछ । ‘त्यहा“को पुलमा दोहोरो मोटर गुड्न अवरोध हुने देखिएकाले पुलको कभर्ड एक साताभित्र हटाउन र पैदल यात्रीको सुरक्षाका लागि बार मर्मत गर्न निर्देशन बास्कोटाले दिएका छन् ।
सिस्ने खोलाको ९० मिटर लामो ढलान भने पा“च दिनभित्रै सम्पन्न हुने सरकारी इन्जिनियर गागल भण्डारीले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ