कार्य व्यवस्था परामर्श समितिको बैठक आज बस्ने

६ बैशाख २०६९, बुधबार ०९:२९ मा प्रकाशित

काठमाडौ, ६ बैशाख । दलहरूले संविधानका विवादित विषयमा सहमति जुटाउन थप पाँच दिनको समय माग गरेपछि त्यसबारे छलफल गर्न आज कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्दै छ । दिउँसो १ बजेपछि सिंहदरबारमा बस्ने बैठकले दलहरूको मागअनुसारको समय सीमाबारे निर्णय गर्ने छ । हिजो वैशाख ५ गतेसम्मको समय पाएपछि विवाद समाधान उपसमितिले सहमति जुटाउन नसकेपछि हिजै बसेको संवैधानिक समितिले यही वैशाख १० गतेसम्म थप समय माग गर्ने निर्णय गरेको थियो । विवादित विषयहरूमा १० गतेभित्र पनि सहमति जुट्न नसके नियमित प्रक्रियाबाटै विवाद टुङ्ग्याइने नेताहरूले बताएका छन् । यसअघि कार्यव्यवस्था परामर्श समितिले चैत २२ गते अन्तिमपटकका लागि भन्दै १२ दिनको समय दिएको थियो

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले