नेपाल–अमेरिकी राजदूत भेट

३ माघ २०७०, शुक्रबार ०८:१९ मा प्रकाशित

काठमाडौं, ३ माघ । नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लू बोडीले एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बिहीबार भेटवार्ता गरेका छन् ।
कोटेश्वरस्थित नेपाल निवासमा भएको भेटवार्तामा ‘पछिल्लो राजनीतिक परिस्थिति तथा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षमा कुराकानी भएको’ नेता नेपालको निजी सचिवालयले जनाएको छ ।
भेटमा उनले राजनीतिक दलबीच सबै विषयमा छलफल गरी सहमति कायम गर्ने प्रयत्न जारी रहेको बताउ“दै ‘त्यसले छिट्टै मूर्तरूप लिने’ जानकारी बोडीलाई गराएका छन् ।
‘संविधान निर्माणका सन्दर्भमा समेत केही विषय बाँकी रहेको’ बताउ“दै उनले ‘ती सबैमा आपसी समझदारी कायम
गरेर अघि बढ्ने’ प्रतिबद्धतासमेत जनाए ।
अमेरिकी राजदूत बोडीले नवनिर्वाचित संविधानसभालाई आवश्यक सहयोग एवं सहकार्य गर्न अमेरिका तयार रहेको बताउ“दै ‘संविधान निर्माणपछि नेपाललाई आर्थिक प्रगतिको बाटोमा अगाडि बढाउनसमेत अमेरिकी सहयोग रहने’ वचनसमेत दिए ।
नेता नेपालले संविधानसभा दोस्रो निर्वाचन सम्पन्न गर्नमा अमेरिकी सहयोगको प्रशंसा गर्दै ‘संविधान निर्माण तथा आर्थिक विकासको बाटोमा नेपाललाई लैजान प्राप्त सहयोगको निरन्तरता एवं थप सहयोग अपेक्षा गरेको’ उनका निजी सचिव मोहन
गौतमले विज्ञप्तिमार्फत
जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई