मनाङ र आर्मीले अंक बाडे

३ माघ २०७०, शुक्रबार ०८:१६ मा प्रकाशित

काठमाडौं, ३ माघ । यो सिजनको सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगमा नै सर्वाधिक दर्शक उपस्थिति रहेको तथा अहिलेसम्मकै प्रतिस्पर्धात्मक भएको बिहीबारको खेलमा मनाङ मस्र्याङ्दी र नेपाल आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बा“डेका छन् । 

मनाङको ६ खेलमा यो पहिलो बराबरी हो । उसको ४ खेलमा जित तथा १ खेलमा हार हु“दा लिग अंक तालिकामा १३ अंकका साथ शीर्ष स्थानमा कायमै छ । ६ खेलमा २ मा जित २ मा बराबरी र २ खेलमा हार बेहोरेको आर्मीको लिग अंक तालिकामा ८ अंक बटुल्दै पा“चौं स्थानमा रहेको छ ।
दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफको चौंथो मिनेटमै भरत खवासको क्रसलाई क्लियर गर्ने क्रममा लियोनेल स्टेफानले आफ्नै पोस्टमा गोल गर्न पुग्दा आर्मीले खेलमा अग्रता कायम ग¥यो । पहिलो हाफमा अग्रता जोगाए पनि दोस्रो हाफमा आर्मी अग्रता जोगाउन असफल रह्यो । गोल खाएपछि निकै दबाबमा परेको मनाङले आर्मीका पोस्टमा एकपछि अर्को आक्रमण जारी राख्दा सब्स्टिच्युट खेलाडी दीपक राई भाग्यमानी सावित भए ।
७०औं मिनेटमा सब्स्टिच्युट भएका उनले ३ मिनेट बित्न नपाउ“दै टिमलाई हारबाट जोगाएका थिए । योनाको पास हिरन्य मगरको खुट्टामा डिफलेक्ट
भएपछि पाएको बललाई दीपकले गोल गरेका थिए ।
यसअघि पहिलो हाफमै मनाङले बराबरीको सुन्दर मौका गुमायो । उसका लागि योना इलियसले निकालेको पासलाई नवीन न्यौपानेले गरेको प्रहार फस्ट बारमा लाग्दै बाहिरिएपछि मनाङ पहिलो हाफको बराबरीको मौकाबाट चुक्यो ।
दोस्रो हाफमा पनि नवीन न्यौपाने अभागी सावित भए । सुजल श्रेष्ठको क्रसमा अनमार्क रहेका नवीन न्यौपानेले ५३औं मिनेटमा ६ यार्डबाट गरेको प्रहार गोलरक्षक फुलबहादुर लामाले फर्काएपछि पाएको रिबाउन्डलाई उनले क्रसबार
माथि फालेपछि मनाङ बराबरी गर्ने मौकाबाट चुक्यो ।
त्यसपछि पनि मनाङले आर्मीविरुद्ध आक्रमण जारी राख्यो । योनाले लगालग २ हेड बाहिरिँदा अनिल गुरुङका राम्रा प्रहारहरू पनि सफल भएनन् । आर्मीले पनि अग्रता दोब्बर पार्ने केही मौकाहरू चुकायो । टेकबहादुर बुढाथोकीले ६७औं मिनेटमा गरेको क्रस गोलरक्षक बिट भएको अवस्थामा नवयुग श्रेष्ठले गरेको प्रहार गोललाइनबाट रूपेश केसीले क्लियर गरेपछि मनाङ थप गोल खानबाट बँचेको थियो ।
खेलपछि मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले खेलाडीहरू पोजिसनमै नआई गोल खाएको बताए । उनले सुरुआतमै गोल खाएपछि टिमलाई ‘कमब्याग’ गर्न गाह्रो भएको बताए । उनले राम्रा मौकाहरू सदुपयोग नहुनु टिमको दुर्भाग्य भएको बताए । उनले भने, ‘नवीनले गरेका एकपछि अर्को राम्रा प्रहारहरू सफल भएनन् त्यसैले लक्की खेलाडीहरू दीपक राई र सुलभ मास्केलाई मैदान पठाए“ ।’ उनले टिमले राम्रो खेलेर मात्रै नहुने भन्दै भाग्यले साथ नदिँदा बराबरीमा चित्त बुझाउनुपरेको बताए ।
आर्मीका प्रशिक्षक योगम्बर सुवालले स्पष्ट नतिजाका लागि मैदानमा आए पनि अंक बा“ड्नुपर्दा टिमलाई दबाब बढेको बताए । उनले भने, ‘मैले रणनीति केही परिवर्तन गरें । मिडफिल्ड र डिफेन्सलाई सहयोग गर्दै काउन्टरमा गोल गरौं भन्ने उद्देश्य थियो । जसमा केही हदसम्म सफल भए“ ।’ उनले भरतलाई दिएको पहेंलो कार्ड अनावश्यक भएको बताए । १९औं मिनेटमा भरत खवास गोलरक्षक विशाल श्रेष्ठस“ग बल हेड गर्ने क्रममा ठोकिन पुग्दा उनलाई अम्पायर लभ खत्रीले पहेंलो कार्ड दिएका थिए ।
मच्छिन्द्रद्वारा ब्वाइज युनियन पराजित
बिहीबारनै भएको अर्को खेलमा ब्वाइज युनियन क्लबलाई १–३ ले पराजित गर्दै मच्छिन्द्र क्लब लिगमा दोस्रो जित निकालेको छ । पहिलो हाफमा २ गोलको अग्रता कायम गरेको मच्छिन्द्रले दोस्रो हाफमा थप १ गोल गरेको थियो ।
१६औं मिनेटमा त्रिस्टोफ एसोमले टिमलाई सुरुआती अग्रता दिलाए । पहिलो गोलपछि थप आक्रामक बनेको मच्छिन्द्रले खेलको २९औं मिनेटमा अग्रता दोब्बर बनायो । उसका लागि विशाल राईले गोलरक्षक राजु योगी अगाडि आएको मौकामा गरेको चिप गोल भएपछि मच्छिन्द्र पहिलो हाफमै दुई गोलको अग्रता हासिल गर्न सफल भयो ।
दोस्रो हाफको ५०औं मिनेटमा असिमजंग कार्कीलाई देबेन्द्र तामाङले फल गरेपछि पाएको पेनाल्टीलाई असिमजंग कार्कीले गोल गर्दै टिमलाई २–१ को अवस्थामा ल्याए । त्यसको ८ मिनेट बित्न नपाउ“दै कमल श्रेष्ठले गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएपछि
ब्वाइज युनियन बराबरीको राम्रो मौकाबाट चुकेको थियो ।
६९औं मिनेटमा मच्छिन्द्रले अग्रतालाई ३–१ मा पु¥यायो । उसका लागि अबउबकार बंगपुराले कर्ण लिम्बूको पासलाई सदुपयोग गरेपछि मच्छिन्द्रले ब्वाइज युनियनविरुद्ध स्पष्ट जित निकाल्यो ।
खेलपछि ब्वाइज युनियनका प्रशिक्षक विजय महर्जनले टिमको हारले रेलिगेसन दबाब बढेको बताए । उनले कमलको प्रहार बारमा लाग्नु टिमको दुर्भाग्य भएको बताए । उनले खेलाडीमा सुधार भए पनि गोलरक्षकले एनसेल कपमा गरेको प्रदर्शन दोहो¥याउन नसक्दा टिम थप दबाबमा परेको बताए ।
मच्छिन्द्रका प्रशिक्षक योहान कालिनले टिमको प्रदर्शन राम्रो भएको भन्दै टिम जितका लागि नै मैदान उत्रिएको
बताए । उनले नेपालमा छोटो लिग भएकाले टिम नतिजा निकाल्नकै लागि मैदानमा उत्रँदै आएको बताए । उनले ३ अंक आवश्यक भएको र जसमा टिम सफल भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा