संविधानका विवादित विषयबारे छलफल गर्न आज पनि मुख्य नेताहरूको बैठक बस्ने

६ बैशाख २०६९, बुधबार ०९:२८ मा प्रकाशित

काठमाडौ, ६ बैशाख । संविधान निर्माणका क्रममा देखिएका विवादहरूमा सहमति जुटाउने उद्देश्यले आज पनि संविधानसभाका प्रमुख तीन दलको बैठक बस्दै छ । एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठकले संविधानका विवादित विषयमा सहमति जुटाउने बारे प्रयास गर्ने छ । विवादित सबै विषयमा सहमति जुटाउन भन्दै यसअघि काठमाडौंको हात्तीवन रिसोर्टमा दलहरूको बैठक बसेको थियो । हात्तीवन बैठकमा नेताहरूले विवादित विषयमा गम्भीर छलफल भएको प्रतिक्रिया दिए पनि नेताहरूले अन्तिम निचोडमा पु¥याउन भने सकेका थिएनन् । छलफल सहमति नजिक पुगेकोले अब केही दिनमै सबै विषयलाई टुङ्ग्याउन सफल हुने नेताहरूले दाबी गरेका छन् । दलहरूबीच अझै राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्यायप्रणाली, निर्वाचन प्रणालीलगायतका विषयमा सहमति हुन बाँकी छ । आजको बैठक भने सिंहदरबारमा रहेको शान्ति तथा पुननिर्माण मन्त्रालयमा बिहान ११ बजेपछि बस्ने भएको छ । संविधान जारी गर्ने दिन जेठ १४ गते आउन अब ४० दिन मात्रै बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता