राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

६ बैशाख २०६९, बुधबार ०९:२३ मा प्रकाशित

काठमाडौ, ६ बैशाख । शान्ति प्रक्रिया र संविधान निर्माणलगायतका विषयमा छलफल गर्न आज प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति डा. रामवरण यादवसँग भेटघाट गर्दै हुनुहुन्छ । बिहानै १० बजे राष्ट्रपति कार्यालय शितलनिवासमा हुने भेटमा प्रधानमन्त्रीले संविधानको विवादित विषयमा सहमति जुटाउन पछिल्लो समय दलहरूबीच भइररहेको प्रयास र प्रगतिका विषयमा जानकारी गराउनहुुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले अन्तिम टुङगोमा पुग्न लागेको शान्ति प्रक्रिया र सेना समायोजनबारे पनि राष्ट्रपतिलाई बताउनुहुनेछ । उहाँहरूबीच आज संसदको हिउँदे अधिवेशन बोलाउने विषयमा पनि कुराकानी हुने बताइएको छ । केही दिनअघि विभिन्न जिल्लामा पुग्ने क्रममा राष्ट्रपतिले मुलुकको अखण्डताको रक्षा गर्ने खालको संविधान बनाउन दलहरूलाई आग्रह गर्नुभएको थियो । उहाँले मुलुक टुक्रिने खालको संविधान बनेमा आफूले हस्ताक्षरसमेत नगर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेकाे बैठक चुनावी रणनीति र

आजको प्रमुख समाचार