अध्यक्ष दाहालद्धारा बैठकमा प्रस्ताव पेश

२ माघ २०७०, बिहीबार १८:१३ मा प्रकाशित

काठमाडौं, २ माघ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
पार्टी मुख्यालय कोटेश्वरमा आज (बिहीबार) देखि सुरु भएको बैठकमा दाहालद्धारा प्रस्तुत प्रतिवेदनमा निर्वाचनको पराजयको कारक आन्तरिक गुटबन्दी रहेको जनाएका छन् । उनले प्रतिवेदनमा सांगठनिक सुदृढीकरणका एजेण्डा पनि राखेको एक सदस्यले जानकारी दिए ।
प्रतिवेदनमा दाहालले जेठमा पार्टीको सांगठनिक महाधिवेशन गर्ने प्रस्ताव समेत गरेका छन् । महाधिवेशनको तयारी स्वरुप चैतदेखि जेठसम्म केन्द्रदेखि गाउँसम्मको निर्वाचन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
उनले केन्द्रीय समिति विघठन गरी आफ्नै नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव पनि गरेका छन् ।
अध्यक्ष दाहालले संविधान निर्माणमा दवाब दिन सडक र सदन संघर्ष चर्काउने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको