स्वास्थ्य सेवा निर्वाध सञ्चालन गर्न आयोगको आग्रह

२ माघ २०७०, बिहीबार १८:०१ मा प्रकाशित

काठमाडौं, २ माघ । राष्ट्रिय मानव अधिकार आयोगले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था र त्रिवि शिक्षण अस्पतालमा सेवाग्राहीले निर्वाध रूपमा स्वास्थ सेवा उपभोग गर्न पाए–नपाएको स्थितिबारे अनुगमन गरेको छ ।
अनुगमनको क्रममा प्रा.डा. केसीको स्वास्थ अवस्था नाजुक बन्दै गएको तथा अनसनबाट उत्पन्न परिस्थितिका कारण अस्पतालमा सेवाग्राहीले निर्वाध रूपमा स्वास्थ्यसेवा उपयोग गर्न पाउने अधिकारमा अवरोध पुगेको पाइएको आयोगले जनाएको छ ।
सेवाग्राहीले निर्वाध रूपमा स्वास्थ्यसेवा उपयोग गर्न पाउने वातावरण तयार पार्न र प्राडा केसीले अघि सार्नुभएका मागहरूका सम्बन्धमा वार्ता र संवादको माध्यमबाट टुङ्गोमा पुग्न आयोगले सरकारसंग आग्रह गरेको छ ।
साथै, प्राडा केसीको जीवन रक्षा गर्न, स्वास्थ्यसेवाको उपभोग गर्न पाउने सर्वसाधारणको अधिकारमा गतिरोध आउने गतिविधि दोहोरिन नदिन तथा पेशागत मर्यादालाई कायम राख्दै कानुनी प्रक्रिया अवलम्बन गर्न आयोगले सम्वद्ध स्वास्थ्यकर्मीहरू, नेपाल सरकार र सरोकारवालाहरूसाग आग्रह गरेको आज (विहिबार) आयोगका कामु सचिव वेदप्रसाद भटट्राईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको