स्कटल्याण्डसँग नेपाल पराजित

२ माघ २०७०, बिहीबार १४:२७ मा प्रकाशित

नेपाललाई वान डे फापेन
काठमाडौं, २ माघ । वान डे विश्वकप छनौटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
न्यूजिल्याण्डमा जारी छनौट खेलामा टस जितेर फिल्डिङ रोजेको नेपाल स्कटल्याण्डसँग ९० रनले पराजित भएको हो । यस अघि नेपाल पहिलो खेलमा यूएईसँग पराजित भई सकेको छ ।
स्कटल्याण्डले २ सय ५० रनको लक्ष्य नेपाललाई दिएको थियो । खराब व्याटिङ गरेको नेपाल एकसय ५९ रनमै समेटियो । ओपनर सागर पुन शून्य र अनिल मण्डल १० रनमा आउट भए ।
कप्तान ज्ञानेन्द्र मल्ले ६१ बलमा ३४, शरद भेषवाकरले ६४ बलमा ३०, शक्ति गौचनले शून्य, प्रदीप ऐरी १५ र पृथु बाँस्कोटाले २१ रन बनाएर आउट भए ।
नेपालका लागि सोमपाल कामीले ३, सागर पुनले २, शक्ति गौचन र बसन्त रेग्मीले १–१ विकेट लिए । नेपालले अब हङकङ र क्यानडासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले