‘बैठकलाई लाजिम्पाटमै तयार भएको प्रतिवेदन’

२ माघ २०७०, बिहीबार १३:४७ मा प्रकाशित

एमाओवादीको केन्द्रीय समिति बैठक सुरु
काठमाडौं, २ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, संगठन सुदृढीकरण र अन्य बिविध विषयमा छलफल गर्न एमाओवादीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

कोटेश्वरस्थित पार्टी मुख्यालयमा आज (बिहीबार) देखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा छलफल हुने एमाओवादीले जनाएको छ । बैठकमा अध्यक्ष दाहालले प्रतिवेदन पेश गरे पछि जम्बो केन्द्रीय समितिका सदस्यले टिप्पणी गर्ने छन् ।

दाहालले दुई पूर्व उपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई रिझाउने गरी राजनीतिक प्रतिवेदन तयार पारिसकेका छन् । प्रतिवेदनमा आफ्ना कुरा समेटिने भट्टराई र श्रेष्ठको अपेक्षा छ । भट्टराई र श्रेष्ठले दबाव दिए पछि दाहालले उनीहरुको सल्लाहमा प्रतिवेदन तयार पारेको स्रोतको भनाई छ ।

दाहालले यस पटक कुनै रिसोर्ट, आफन्त, सहयोग कसैको घरमा नगई लाजिम्पाटस्थित निवासमा राजनीतिक र संगठनात्मक प्रतिवेदन तयार पारेका हुन् । दोस्रो संविधानसभाको चुनाव अघिका बैठकको तयारी भन्दै अध्यक्ष दाहाल विभिन्न रिसोर्ट र आफन्तका घरमा गई प्रतिवेदन तयार गर्थे ।

प्रस्तावमा निर्वाचनमा भएको पराजय पार्टीको आन्तरिक कारण प्रमुख रहेको, पार्टी आगामी सरकारमा जान नहुने, संगठन शुद्धीकरण गर्नुपर्नेलगायतका विषय समेटिएको एमाओवादी स्रोतको भनाई छ । प्रतिवेदनले पार्टी एकीकरण र पुन:निर्माणलगायतका विषय पनि समेटेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण