अछामका विद्यालयमा कम्प्युटरको दुरुपयोग

२ माघ २०७०, बिहीबार १२:५२ मा प्रकाशित

अछाम, २ माघ । अछाम जिल्लाका अधिकांश कम्प्युटर कक्षा सञ्चालन हुने विद्यालयहरुमा कम्प्युटरकै दुरुपयोग हुने गरेको गुनासो बढेको छ ।
जिल्ला शिक्षा कार्यालय तथा अन्य विभिन्न निकायहरुको सहयोगमा विद्यालयमा कम्प्युटर उपलव्ध भएपनि विद्यार्थीका लागि भन्दा अन्य प्रयोजनमा प्रयोग हुने गरेको गुनासो आउने गरेको हो ।
सूर्यचन्द्र उच्च माध्यमिक विद्यालय बैजनाथ, शोडशादेवी उच्च माध्यामिक विद्यालयल लगायतका एक/दुई वटा विद्यालयमा मात्रै विद्यार्थीको सिकाईमा कम्प्युटर प्रयोग भइरहेका छन् ।
जिल्ला शिक्षा कार्यालय अछामका विद्यालय निरीक्षक सुरेन्द्र विष्टले विद्यालयका कम्युटरहरु उपयूक्त काममा प्रयोग हुन नसकेको बताए ।
ग्रामिण भेगका विद्यालयमा विद्युत नहुँदा पनि समस्या भइरहेको छ । विद्यार्थीलाई सिक्नका लागि कम्प्युटर शिक्षा प्रणाली लागू गरिएको भएपनि अन्य विद्यालयहरुमा भने सो कार्यका लागि प्रयोग नहुने गरेको अधिकांश विद्यार्थीको गुनासो छ ।
अछामका कुईका गाविसमा रहेको महाकाली माध्यमिक विद्यालयमा कम्प्युटर उपलव्ध भएपनि विद्यार्थीले प्रयोग गर्न नपाएको विद्यालयमा अध्यनरत पुजा भुलले गुनासो गरिन् ।
स्रोतकेन्द्र विनायकका स्रोत व्यक्ति योगेन्द्र विष्टले पनि विनायक स्रोत केन्द्रभरी केही ठाउमा बिद्युतको समस्या र वैकल्पिक व्यवस्था भएका विद्यालयमा समेत कम्प्युटर कार्यालयमा मात्र काम गर्ने गरेको बताए ।
विद्यार्थीका लागि कक्षा सञ्चालन नभएको स्वीकार गरेका उनले विद्युतको समस्याले कम्युटरको सहि उपयोग हुन नसकेको बताए ।
अछाममा अहिले ९४ माध्यामिक विद्यालयमा कम्युटर उपलब्ध छन् ।
शिक्षा कार्यालय अछामले जिल्लाका उत्कृष्ठ १३ वटा निमाविमा थप कम्प्युटर कक्षा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०