सत्य निरुपण आयोगमा हाम्रो पनि चासो छः केदारनाथ उपाध्यायले

५ बैशाख २०६९, मंगलवार १९:२० मा प्रकाशित

काठमाडौं, ५ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको हुनुपर्ने जनाएको छ ।
आयोग अध्यक्ष केदारनाथ उपाध्यायले आज सरकारलाई पत्र पठाई मेलमिलाप र वेपत्ता आयोगको विधेयक सम्बन्धमा बिभिन्न मापदण्डहरुलाई ध्यान दिन आग्रह गरेका हुन् । उनले आयोगहरु अन्तर्राष्ट्रिय मापदण्डअनुरुपकै हुनुपर्नेमा जोड दिएका छन् ।
पत्रमा सेना समायोजन प्रक्रियामा भएको प्रगतिलाई शुभसंकेतको रुपमा लिंदै उपाध्यायले यस्ता प्रयासहरु नेपालको शान्ति र संविधान निर्माणका साथै मानव अधिकार, सुशासन र लोकतन्त्रको लागि कोसेढुंगा सावित हुने बताएका छन् ।
उनले मेलमिलाप र वेपत्ता आयोगको विधेयक प्रमुख राजनीतिक दलहरुको सहमतिको विषयमात्र नरहेको भन्दै मानव अधिकारकर्मी, नागरिक समाज, द्वन्द–पीडित समाज, सञ्चारकर्मीसमेतको छलफल तथा प्रतिक्रियाको विषय भएको जनाएका छन् ।
उनले आयोगहरुका बिषयमा सम्बद्ध पक्षहरुसंग विचार–विमर्श गर्न समेत सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले