म पनि हिरोइनजस्ती? : दीपाश्री निरौला

२ माघ २०७०, बिहीबार ००:०३ मा प्रकाशित

० पहिलेभन्दा दुब्लाएकोजस्तो छ नि?
– नदुब्लाउनु पनि कसरी। न त समयमा खान पाइएको छ न त सुत्न नै पाइएको छ।
० किन यस्तो भ्याइ–नभ्याई नि?
– चलचित्र ६ एकान ६ को प्रचारमा दौडनाले निकै व्यस्त भइएको छ।
० मानिसहरू दुब्लाउन हजारौँ खर्च गर्छन् तर तपाईं त खर्च नै नगरीकन दुब्लाउन थाल्नु भो। राम्रै हो नि होइन र? – दुब्लाउनु वा शरीर घट्नु राम्रै हो। तर, बिरामी नै परिन्छ कि भन्ने पो चिन्ता लाग्न थाल्यो।
० फिल्म बनाउन गाह्रो हुँदोरहेछ, होइन त?
– हो रहेछ। आफूलाई परेपछि थाहा पाइयो। चलचित्रकर्मीहरूलाई धन्यवाद दिन्छु। साह्रै टेन्सनका बाबजुद पनि उहाँहरूले फिल्म बनाइराख्नुभएको छ।
० तपाईंहरूको समूहले नयाँ कुरा ल्यायो नि विश्वभर रिलिज भनेर?
– नयाँ सुरुवात गरेका हौँ। अहिलेसम्म नेपालभर रिलिज भन्ने गरिन्थ्यो, तर हामीले विश्वभर भनेका छौँ। यो गफ होइन, वास्तविकता हो। जुन दिन नेपालमा रिलिज हुन्छ। त्यसै दिन अमेरिका, अस्टे्रलिया, मलेसियालगायतका मुलुकमा पनि यो सिनेमा रिलिज हुँदै छ।
० तर, लगानीको हिसाबले त तपाईंहरू सुरक्षित भइसक्नुभयो नि, होइन र?
– यसमा पैसाको कुरा नै भएन। यो त हामी हास्य कलाकारहरूको क्यारियरको कुरा हो। लगानी त हाम्रो उठ्छ, तर हास्य कलाकारहरूले राम्रो चलचित्र बनाए भनेर दर्शकहरूबाट स्याबासी त पाउनुपर्योल नि।
० दीपाश्रीले फिल्म हिट भएपछि बिहे गर्ने चर्चा छ नि?
– मेरो बिहेको चर्चा त पहिलेदेखि नै हो नि। रह्यो फिल्म हिटको कुरा। पहिले फिल्म हिट त होस्, त्यसपछि बिहेको कुरा गरौँला।
० कुनै समय हिरोइन बन्न कलाकारितामा आउनुभएको तपाईं अहिले आफ्नो फिल्ममा किन अरूलाई हिरोइन बनाएको नि?
– म हिरोइनजस्ती छु र भन्या…?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत बर्षको तीजमा फुर्के धागो बोलको गीतले सर्वाधिक चर्चा पाएपछि ‘फुर्के धागो २’ बजारमा आएको छ । यस

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ । शनिबार गायक रामजी

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित