छ किलो सुनसहित भारतीय नागरिक पक्राउ

१ माघ २०७०, बुधबार १५:५४ मा प्रकाशित

काठमाडौं, १ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले छ किलो सुन बरामद गरेको छ । सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको छ ।
फ्लाई दुवई एयरको उडान नम्वर एफजे ५७३ द्वारा दुवईबाट काठमाडौं आएका भारतीय नागरिकसँग सुन बरामद गरिएको प्रहरीले जनाएको छ । सुनसँगै प्रहरीले १५ हजार ५ सय यएई दिराम पनि बरामद गरेको छ ।
राहदानी नम्वर के १५१७०९४ बाहक नहमेद शनुदलाई छ किलो सुन र १५ हजार ५ युएई दिरामसहित पक्राउ परेका हुन् ।
मंगलबार बिमानस्थलस्थित अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भंसार एरिया पार गरी सकेपछि पार्किङ एरियामा निस्कने क्रममा शनुदलाई शंका लागि चेकजाँच गर्दा कम्मरमा बाँधेको खैरो रंगको कपडाको बेल्ट भित्र लुकाई छिपाई राखेको अवस्थामा सुन र दिराम बरामद भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्