संवैधानिक समितिले विवादित विषय सहमति खोज्न वैशाख १० गतेसम्मको समय थप्ने निर्णय

५ बैशाख २०६९, मंगलवार १९:१५ मा प्रकाशित

काठमाडौ, ५ बैशाख । मंगलबार बसेको संवैधानिक समितिको बैठकले विवादित विषयमा सहमति खोज्न दलहरुलाई वैशाख १० गतेसम्मको समय थप्ने निर्णय गरेको छ । यसअघि वैशाख ५ गतेभित्र सहमति खोज्न दलहरूलाई समय सीमा तोकिएको थियो ।

यस अघि प्रमुख दलहरू सहमतिको प्रयासका लागि हात्तीवन रिसोर्टमा बैठक बसे पनि संघीयता, शासकीय स्वरुप र न्याय प्रणाली जस्ता विषयमा सहमति जुटेको थिएन । वैशाख ५ गते सम्म सहमति नजुटे ६ र ७ गते संविधानसभाको नियमित बैठकमा विवादित विषयलाई मतदानका आधारमा निर्णय गरिने कार्यक्रम तय गरिएको थियो ।

प्रमुख दलहरूको आग्रहमा मंगलबार बसेको संवैधानिक समितिको बैठकले ५ दिनको समय थप गरेको हो । वैशाख ११ सम्म विवादित विषयमा सहमति नजुटे संविधानसभाको नियमित बैठकमा पेस गरि मतदानका आधारमा निर्णय गरिने कार्यक्रम संवैधानिक समितिले तय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार