बझाङ कारागारबाट दुई कैदी फरार

२८ पुष २०७०, आईतवार ११:०१ मा प्रकाशित

कैलाली, २८ पुस । बझाङ जिल्ला कारागारबाट दुई जना कैदी भागेका छन् । सुर्मा गाविसका २५ वर्षीय पालम बोहरा र मौलाली गाविस वडा नम्बर ४ का धनराज खत्री भागेका हुन् ।
उनीहरु कसरी भागे भन्ने विषयमा छानबिन थालिएको पनि प्रहरीले जनाएको छ । कारागारमा रहेका कैदी गन्ती गर्ने क्रममा शनिबार बेलुका उनीहरु भागेको पत्ता लागेको थियो ।
कारागारबाट भागेका बोहरा कर्तब्य ज्यान र खत्री बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका थिए ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जयराम सापकोटाले कारागारबाट भागेका दुबै जनाको खोजी भइरहेको र अनुसन्धानका लागि तीन जना प्रहरीलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई