‘संविधानसभा बैठक आह्वानको बाटो खोलि देउ’

२७ पुष २०७०, शनिबार १७:३५ मा प्रकाशित

काठमाडौं, २७ पुस । राष्ट्रपति डा.रामवरण यादवले संविधानसभाको बैठक आह्वानका लागि बाधा अड्काउ फुकाउन सरकारलाई निर्देशन दिएका छन् ।
राष्ट्रपतिको कार्यालयले आज (शनिबार) विज्ञप्ति जारी गरेर संवैधानिक अभ्यास, अन्तर्राष्ट्रिय संवैधानिक प्रचलन अनुसारको ब्यवस्था गर्न भनिएको छ । संविधानसभा बैठक आह्वान गर्ने विषयमा विवाद भई रहेका बेला राष्ट्रपतिले सरकारलाई बैठक आह्वानका सम्बन्धमा बाधा अड्काउ फुकाउन भनेका हुन् ।
‘बाधा अड्काउ फुकाउने अध्यादेश व्यवस्थापिका संसदको बैठक बसेको एक महिना भित्र अनुमोदन गराई पूर्णता समेत दिनु परेको यथार्थता एवं नेपालको अन्तरिम संविधानको भावना, संवैधानिक ब्यवस्था, विगतको राष्ट्रिय संवैधानिक अभ्यास तथा अन्तर्राष्ट्रिय संवैधानिक प्रचलनलाई समेत मनन गर्दै यथाशीघ्र संविधानसभाको पहिलो बैठक आह्वान गर्ने आवश्यक व्यवस्था मिलाउन नेपाल सरकारको अन्तरिम संविधान, २०६३ को धारा ३६ (क) मा अन्तर्निहित भावना मुताविक राष्ट्रपतिबाट अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्षको ध्यानाकर्षण गराउने,’ विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति डा.यादवले निर्वाचनको आयोगले प्रत्यक्ष र समानुपातिक तर्फका निर्वाचित उम्मेदवारको नाम प्राप्त भएको २१ दिन भित्र संविधानसभा बैठक बोलाउनु पर्ने संवैधानिक व्यवस्थालाई पनि ध्यान दिनुपर्ने जनाएका छन् ।
आयोगले पुस १८ गते प्रत्यक्ष र समानुपातिक तर्फ निर्वाचित सबै सभासदको नाम राष्ट्रपति समक्ष बुझाई सकेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको