पुरानो संविधानसभाको स्वामित्वका पक्षमा

२७ पुष २०७०, शनिबार १५:५० मा प्रकाशित

काठमाडौं, २७ पुस । कांग्रेसले पुरानो संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण गर्ने विषयमा अन्य दलहरुसँग पनि छलफल चलाउने निर्णय गरेको छ ।
संविधान निर्माणका विषयमा सुझाव दिन गठित समितिले आज (शनिवार) बाट गरेको आन्तरिक छलफलमा पुरानो संविधानसभाले गरेको कामको स्वामित्व ग्रहण गर्ने विषयमा अन्य दलहरुसंग छलफल चलाउन नेतृत्वलाई सुझाव दिने तयारी गरेको हो ।
संविधान निर्माण र सरकार गठनका विषयमा कांग्रेसका सभासदहरु छलफलमा जुटेका छन् । पाँच दिनको समय पाएका सभासदहरुले पुरानो संविधान सभाले गरेका कामको स्वमित्व ग्रहण र सरकार गठनका विषयमा सहमति कसरी जुटाउने भन्ने विषयमा पार्टीलाई प्रतिवेदन बुझाउने छन् ।
कांग्रेसले एकवर्ष भित्रै संविधान बनाउने, ६ महिना भित्र स्थानीय निकायको चुनाव गराउने र सरकारको नेतृत्व गर्ने गरी कार्ययोजना बनाउने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्