कांग्रेस समाप्त पार्ने खेल हुदैछ : सुजाता कोइराला

५ बैशाख २०६९, मंगलवार १९:०७ मा प्रकाशित

इटहरी, ५ बैशाख । काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी समाप्त पार्ने खेल भइरहेकाले पार्टी नेतृत्व यस तर्फ सचेत हुनुपर्ने बताएकी छन्। कोइरालाले शान्ति प्रक्रियाका विवादित विषयमा कांग्रेसले आफ्नो अडान नछाडेमात्र पार्टीको अस्तित्व रहने बताइन्। उनले अगाडी भनिन अहिले अनेक ढंगले कांग्रेसलाई सिध्याउने चलखेल भइरहेको छ। यस्तो अवस्थामा शान्ति प्रक्रियाको विवादित विषयमा कांग्रेस चुक्यो भने ठूलो धक्का लाग्नेछ । कोइरालाले पार्टी नेतृत्वले अडान छाडेर चुक्ने खतरा रहेको संकेत समेत गरिन्।
कोइरालाले अहिलेको सरकारलाई जेठ १४ पछि पनि निरन्तरता दिने षडयन्त्र भइरहेको भन्दै कांग्रेस समाप्त गर्ने चालवाजी नबुझेर आफ्नै पार्टीका कतिपय नेता राम्रो हुन्छ भने यही सरकारमा जानुपर्छ भन्ने पक्षमा रहेका छन् तर काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गरेर शान्ति-संविधान टुंगोमा पुर्‍याउँन पार्टीका नेता लाग्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ