दुई सय ९२ औं राष्ट्रिय एकता दिवस

२७ पुष २०७०, शनिबार १०:५७ मा प्रकाशित

काठमाडौं, २७ पुस । राष्ट्र निर्माता पृथ्वी नाराण शाहको २ सय ९२ औं जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवस मुलुक भरि विभिन्न कार्यक्रम गरी मनाईदै छ ।
टुक्रा–टुक्रामा विभाजित मुलुकलाई सिंगो नेपाल बनाउन थालनी गरेका पृथ्वीनारायण शाहको जन्मजयन्ती आज (शनिबार) बिभिन्न कार्यक्रम गरेर मनाउन लागिएको हो । सरकारीस्तरमा कुनै औपचारिक कार्यक्रम नभए पनि जनस्तरबाट विविध कार्यक्रम गरेर पृथ्वी नारायण शाहलाई सम्झँदै छन् ।
देशलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरेको भए पनि शाहबंशको शासन अन्त्यसंग एकता दिवस मनाउन छाडिएको छ । लोकतान्त्रिक सरकारले राष्ट्रिय एकता दिवस र पृथ्वी नारायण शाहको जयन्ती मनाउन रोक लगाएको हो ।
त्यसअघि सार्वजनिक विदा समेत दिइने गरेकोमा २०६२—०६३ को आन्दोलनपछि कटौति गरिएको हो ।
अहिले पनि कतिपयले पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्ने माग गर्ने गरेका छन् ।
बिक्रम संवत १७९९ साल पुस २७ गते अर्थात आजकै दिन पृथ्वी नारायण शाहको जन्म गोरखामा भएको थियो । उनले आफ्नो शासनकालमा बाइस्से–चौवीस्से तथा भुरे टाकुरे राज्यमा रहेको नेपाललाई एकीकरण गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु