सरकार कांग्रेस र एमालेकै बन्छ : महत

२६ पुष २०७०, शुक्रबार १७:३४ मा प्रकाशित

‘बैठक लम्बाउने पनि कांग्रेस र एमाले हुन्’
काठमाडौं, २६ पुस । कांग्रेसका नेता रामशरण महतले छिट्टै नयां सरकार गठन हुने बताएका छन् ।
काठमाडौंमा आज (शुक्रबार) आयोजित कार्यक्रममा महतले कांग्रेस र एमाले मिलेर सरकार बनाउने बताए । ‘कांग्रेस र एमालेबीच धेरै एजेण्डा मिल्छ,’ उनले भने, ‘एमालेसंगै सहकार्य हुन्छ ।’
उनले सरकार निर्माणका लागि शीर्ष नेताहरुका बीचमा गृहकार्य सुरु भैसकेको बताए । ‘व्यवस्थापिका संसदको अधिबेशन सुरु हुने वित्तिकै सरकार गठनको काम अघि बढ्छ,’ नेता महतले भने ।
एमालेका सचिव युवराज ज्ञवालीले कांग्रेसले सरकार गठनका लागि स्पष्ट खाका ल्याउनुपर्ने बताए । उनले सरकार गठनमा कांग्रेसले शक्ति बांडफांड सहितको योजना ल्याए ठोस पहल हुने बताए ।
एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले कांग्रेस र एमालेका कारण गतिरोध उत्पन्न भएको आरोप लगाए । उनले आफूहरु प्रतिपक्षमा बस्न तयार रहेको दोहराए ।
सापकोटाले कांग्रेस र एमालेले आफू निकटका वकीलहरुलाई मुद्धा हाल्न लगाएर बैठक कसले बोलाउने भन्ने बिषय लम्बाएको बताए । उनले बैठक बोलाउन कुनै समस्या नरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा