खाद्य पदार्थमा मिसावट गर्नेलाई कारबाही गर्नुस्

२६ पुष २०७०, शुक्रबार १५:३९ मा प्रकाशित

काठमाडौं, २६ पुस । सरकारले खाद्य मिसावट गर्ने उपर खुट्टा नकमाई हदैसम्मको कारवाही गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । जनताको स्वास्थ्यमा खेलवाड गर्ने जो सुकैलाई हदै सम्मको कारबाही गरिने सरकारको चेतावनी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा आज (शुक्रबार) गरेको अनुगमनका क्रममा दोषीलाई कारबाही गर्न खुट्टा कमाउन नहुने निर्देशन दिएको हो ।
विभागको आकमस्मिक अनुगमनका क्रममा कर्मचारीहरुलाई सचिव बांस्कोटाले खाद्य मिसावट गर्ने उपर खुट्टा नकमाई हदैसम्मको कारवाही गर्न आग्रह गरे । ‘जनताको स्वास्थ्यमाथि खेलबाट गर्ने छुट कसैलाई पनि छैन,’ उनले भने, ‘कसैले उत्पादन गरेको वा विक्री गरेको वस्तुको सेवाबाट ज्यानै सम्म जान्छ भने हदैसम्मको कारबाही गर्नुस् ।’
उपभोक्ता संरक्षण ऐन वमोजिम १४ वर्ष कारावास र ५ लाखसम्मको जरिवाना वा दुवै सजाय माग गर्न सकिने कानूनी ब्यवस्था छ । दोषी ब्यवसायी वा कारोवारीले बद्मासी गरे माफी दिन नहुने उनले बताए ।
राजमार्गमा रहेका होटलहरुले बांसी खाना खुवाउने, मीठाई पसलले अखाद्य रंग प्रयोग गर्ने, दूध, पानी जस्ता उद्योगले समेत सफाईमा हेलचेक्राई गरेको पाईएका उद्योग वा पसल सिलछाप गरी कारावाही गर्न र सर्व साधारणलाई सूचित गर्न सचिव बांस्कोटाले आग्रह गरे ।
नागरिक वडापत्र अनुसार सबै सेवा तोकिएको अवधिमा सम्पन्न नभएमा २ सय ५० देखि १००० रुपियां सम्म क्षतिपूर्ति दिईने व्यवस्था छ ।
विभागमा गत साउन २० गते र मातहत ५ वटा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरु विराटनगर, हेटौडा, भैरहवा, नेपालगंज र धनगढीमा भदौ १ गते देखि क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागू भएको छ ।
अनुगमनका क्रममा विभागबाट १ सय २० वटा खाद्य उद्योग स्थापनाका लागि सिफारिश, ६० वटा अनुज्ञापत्र, ५ वटा तेलको नमूना परीक्षण, १६ वटा खाद्य परामर्श र ३० वटा पोषण परामर्श अभिलेखबाट देखिएको सचिव बांस्कोटाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ