रौतहटमा छ वटा घरबाट डकैती

२६ पुष २०७०, शुक्रबार ११:५२ मा प्रकाशित

रौतहट, २६ पुस । रौतहट जिल्लामा नकाव लगाएका हतियारधारी समूहले आधा दर्जन घरमा लुटपाट गरेका छन् ।
विश्रामपुर–८, बल्लेरीखोरका छ वटा घरबाट आज (शुक्रबार) लुटपाट गरेको प्रहरीले जनाएको छ । घरेलु हतियारसहित आएका नकाबधारी समूहले घेराहालेर लुटपाट गरेको स्थानीयको भनाई छ ।
स्थानीय रामबली सहनी, रामप्रसाद पासवान, प्रतापी राम, किशोरी राम र सानीमाया तामाङको घरमा लुटपाट भएको हो । डाका समूहले नगद, गरगहना, मोबाइललगायतका जिन्सी समान गरी झण्डै १ लाख भन्दा बढीको सम्पति लुटपाट गरेका छन् ।
डाकाको समूहले रामप्रसाद पासवानलाई कुटपिट समेत गरेका छन् । घटनामा संलग्नहरुको खोजी कार्य भई रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक कृष्णसुन्दर बिष्टले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा