संविधानसभा बैठक राष्ट्रपतिले बोलाउने हो : पुन

२५ पुष २०७०, बिहीबार १६:२५ मा प्रकाशित

काठमाडौं, २५ पुस । एमाओवादीका पूर्व स्थायी समिति सदस्य वर्षमान पुनले संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले बोलाउनु पर्ने बताएका छन् ।
काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा नेता पुनले सर्वोच्च अदालतले राष्ट्रपतिलाई बैठक बोलाउन रोक नलगाएको दाबी गरे । उनले संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले बोलाएर छिटो सरकार गठन गर्नुपर्ने उल्लेख गरे ।
‘अदालतमा मुद्दा परेपनि राष्ट्रपति विरुद्ध अन्तरिम आदेश जारी नभएकाले संविधानसभाको बैठक राष्ट्रपतिले बोलाउने विषयमा एमाओावादीलाई कुनै आपत्ति छैन,’ उनले भने, ‘संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले बोलाएर एक वर्ष भित्र संविधान जारी गर्ने अवस्था सृजना गर्नुपर्छ ।’
पहिलो बैठक कसले बोलाउने भन्ने विषयमा विवाद गर्नुपर्ने कुनै कारण नभएको बताएका नेता पुनले कांग्रेस–एमालेबीचको जुंगाको लडाईले विवाद भएको बताए ।
‘अन्तर्राष्ट्रिय प्रचलन र नेपालकै पहिलेका अभ्यासलाई हेर्ने हो भने बैठक बोलाउने राज्यप्रमुखले नै हो,’ उनले भने, ‘एमाओवादी पहिलो बैठक राष्ट्रपतिले बोलानु पर्छ भन्ने पक्षमा छ ।’
यसबैची, नेता पुनले एमाओवादीको नेतृत्व परिवर्तन नहुने बताए । ‘अहिले पार्टीमा नेतृत्व परिवर्तनको संभावना छैन,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता