लघु उद्यमीका पीरमर्का खेतवारीबाट बुझ्नु पर्छ

२५ पुष २०७०, बिहीबार १६:०९ मा प्रकाशित

काठमाडौं, २५ पुस । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले लघु उद्यमीहरुको खेतबारीमै पुगेर पीरमर्का बुझ्नु पर्ने बताएका छन् । उनले कृषकका पीरमर्कामा सरकारले जति सक्दो सहयोग गर्ने आश्वासन पनि दिए ।
उद्योग मन्त्रालय अन्तर्गत लघु उद्यम विकास कार्यक्रमको सहयोगमा सञ्चालित स्ट्रवरी उत्पादक किसानहरुसंग आज (बिहीबार) नुवाकोटको ओखरपौवामा भएको छलफलमा मन्त्री कोइरालाले स्ट्रवेरीलाई नेपालबाट निर्यात हुने फलफूलहरुको सूचीमा राख्ने आश्वासन दिए ।
केरा, स्याउ, सुन्तला, जुनारजस्ता फलफूलमा आत्मनिर्भर बन्नका लागि बजेटमा व्यवस्था गरेपनि स्ट्रवरीका विषयमा आफूलाई कसैले नसुझाएका कारण सम्बोधन गर्न नसकिएको उनले बताए ।
आयात र निर्यातको घाटाबाट आक्रान्त मुलुकलाई माथि उकास्न कृषिको व्यावसायिकता एकमात्र विकल्प रहेको मन्त्री कोइरालाको भनाइ थियो ।
उनले ७२ हजार किलो स्ट्रवरी विदेशमा निर्यात भएको जानकारीले आफूलाई थप उत्साही बनाएको भन्दै यसको उत्पादन, व्यावसायिक विकास र निर्यातको प्रवद्र्धनमा भएका समस्या समाधान गर्ने विश्वास दिलाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको