विकासका लागि उत्साहप्रद समय सुरु : रेग्मी

२५ पुष २०७०, बिहीबार १२:४१ मा प्रकाशित

काठमाडौं, २५ पुस । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले मुलुकको आवश्यक्ता तथा परिवेशलाई सम्बोधन गर्न सक्ने अवस्था र उत्साहप्रद समय प्रारम्भ भएको बताएका छन् ।
राष्ट्रिय सहकारी संघ लिमिटेडको २१ औं वार्षिक साधारण सभालाई आज (बिहीबार) ललतिपुरमा उद्घाटन गर्ने क्रममा अध्यक्ष रेग्मीले मुलुकको आर्थिक विकासका लागि पनि उचित परिवेश बन्दै आएको बताए । उनले मुलुकको समग्र विकास सहज रुपमा हुँदै जाने बताए ।
‘संविधानसभाको निर्वाचन सम्पन्न भएसँगै देशमा संविधान निर्माण गरी नेपाली आवश्यकता र परिवेशलाई सम्बोधन गर्नसक्ने शासन व्यवस्थाको थालनी गर्नका लागि नेपालमा उत्साहप्रद समय प्रारम्भ भएको छ,’ उनले भनेका छन् ।
समग्र विकासका साथै सहकारी क्षेत्रमार्फत आर्थिक विकासका लागि आगामी दिनमा मुलुकलाई नवीन मार्गमा अग्रसर गराउन सफल हुने उनले बताए ।
अध्यक्ष रेग्मीले विशेष परिस्थितिमा सम्पन्न भएको संविधानसभा निर्वाचनलाई सम्पन्न गर्न आ–आफ्नो भूमिका निर्वाह गर्ने सबैलाई धन्यावाद पनि दिए । उनले अहिले देशमा संविधानसभा निर्वाचन सम्पन्न भई मुलुक संविधानसभा गठनको प्रक्रियामा रहेको दोहर्‍याए ।
अध्यक्ष रेग्मीले चुनावमा सहयोग गर्ने व्यावसायिक व्यक्तिहरुको भूमिकाको पनि प्रशंसा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग