‘मिस नेपाल’को च्यारिटी

२५ पुष २०७०, बिहीबार ११:१३ मा प्रकाशित

काठमाडौं : मोडलिङमा संघर्षरत युवतीको कथामा बनेको चलचित्र ‘मिस नेपाल’को च्यारिटी शो गरिने भएको छ ।
जोशी सामाजको सहयोगार्थ आगामी माघ १६ जय नेपाल चलचित्र भवनमा च्यारिटी गरिन लागिएको हो । फगुन–७ गते पनि हेटौडाको ॐ चलचित्रमन्दीरमा चलचित्रको च्यारिटी हुने निमात्र्री, नायिका शुभेच्छा थापाले जानकारी गराइन् ।
फागुनको दोस्रो हप्ता सार्वजनिक हुने तयारीमा रहेको चलचित्रको निर्माण पक्ष अहिले प्रचार प्रसारमा जुटेको छ । केही समय पहिले निमात्र्री शुभेच्छा र अभिनेत्री क्षीतिजाबीचको लफडाले चलचित्र प्रमोशनमा असर पुगेको थियो ।
आफ्ना दृश्यहरु काटेर भूमिका छोट्याइएको आरोप क्षीतिजाले निर्माण पक्षलाई लगाएकी थिइन् । सुरेन्द्र तुलाधरको निर्देशन रहेको ‘मिस नेपाल’मा शुभेच्छा र क्षीतिजासहित कल्याण घिमिरे, सुरज सिजापति, सविन श्रेष्ठ, सोनु केसी, नवीन श्रेष्ठ, बिमला गिरी, रश्मी भट्ट, सुशील पोखरेल, पँकज राज जोशीलगायतका कलाकारको अभिनय छ । चलचित्रलाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको