मोरङमा जंगली बदेलसहित तीन जना पक्राउ

२४ पुष २०७०, बुधबार १७:१० मा प्रकाशित

मोरङ, २४ पुस । मोरङ जिल्लामा बंदेलको मासु सहित तीन जना सिकारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा पथरी गाविस वडा नम्बर १ बस्ने ३९ बर्षीय हेमबहादुर लिम्बु, भुटानी शरणार्थी शिबिरका २३ बर्षीय डीकबहादुर राई र २८ बर्षीय कर्णबहादुर सुब्बा रहेका छन् ।
उनीहरुलाई प्रहरीले आज (बुधबार) विहान सवा ६ बजे उर्लाबारी गाविसको वडा नम्बर ५ क्याम्पस मोडमा चोरी सिकारी तस्कर गरी काटेको जंगली बंदेल र धारिलो खुकुरी १ थानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ती टोलीले चेक जांच गर्ने क्रममा को १ च ४२७९ नम्बरको मारुती भ्यानमा उक्त बदेल बरामद भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता