पति र पत्नी मिलेर छिमेकीको हत्या

२४ पुष २०७०, बुधबार १६:५९ मा प्रकाशित

सप्तरी, २४ पुस । सप्तरी जिल्लामा पति र पत्नी मिलेर लठ्ठी प्रहार गरी छिमेकीको हत्या गरेका छन् । हत्या अभियोगमा प्रहरीले भुलिया देवी साहलाई पक्राउ पनि गरेको छ ।
पुरानो रिसिईबीका कारण आज (बुधबार) डांडा­६ बस्ने ५२ वर्षीय ईश्वर साहको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या अभियोगमा ४५ बर्षीया भुलिया देवी पक्राउ परे पनि उनका पति ५० बर्षीय बिन्देश्वर साह फरार छन् ।
भुलिया देवी र बिन्देश्वरले आजै मध्यन्ह साढे १२ बजे स्थानीय घरमा बससेका ईश्वर साहलाई लाठ्ठी प्रहार गरेर हत्या गरेका हुन् ।
हत्यामा संलग्न बिन्देश्वर साह फरार छन् । उनको खोजतलास जारी रहेको प्रहरीको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज