‘कुरा’ मिलाउन कांग्रेस आन्तरिक गृहकार्यमा

२४ पुष २०७०, बुधबार १०:५४ मा प्रकाशित

काठमाडौं, २४ पुस । आगामी नयाँ सरकारको नेतृत्वका विषयमा कांग्रेस भित्र विवाद चुलिन थाले पछि समाधानका लागि पार्टीका शीर्ष नेताहरुले आन्तरिक गृहकार्य थालेका छन् ।
प्रधानमन्त्री बन्न सभापति सुशील कोइरालाका साथै नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलपनि आकंक्षी देखि पछि कांग्रेसमा समस्या भएको हो । सभापति कोइरालाले आफूलाई समर्थन गर्न देउवा र पौडेललाई आग्रह गरिसकेका छन् ।
यद्यपि, देउवा र पौडेलका आ–आफ्नै अडानका कारण कोइरालाई प्रधानमन्त्री बन्न सहज भएको छैन । पौडेलले प्रधानमन्त्री बन्न नपाए पार्टीको विधान अनुसार आफूले कार्यबाहक सभापति पाउनु पर्ने अडानमा छन् ।
उता, नेता देउवा पनि सभापति कोइरालालाई प्रधानमन्त्रीमा समर्थन गरे कार्यबाहक सभापति र आगामी महाधिवेशनमा सहयोग गर्नुपर्ने माग तेर्छाएका छन् ।
देउवा र पौडेलका पूर्व सर्त पछि सभापति कोइरालाले आफूलाई प्रधानमन्त्रीमा समर्थन जुटाउन पहल थालेका हुन् ।
यसै क्रममा सभापति कोइरालाले पदाधिकारी र प्रभावशाली नेताहरुको बैठक बोलाएका छन् । कोइराला निवास महाराजगञ्जमा आज (बुधबार) बस्ने बैठकमा अनौपचारिक बैठकले प्रधानमन्त्री, कार्यबाहक सभापति र संसदीय दलको नेताका विषयमा सहमतिको प्रयास गरिने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे