नागरिक दैनिकका सम्पादकलाई आक्रमण

२४ पुष २०७०, बुधबार १०:४४ मा प्रकाशित

काठमाडौं, २४ पुस । नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधानलाई अपरिचित समूहले आक्रमण गरेर गाडीमा क्षति पुर्‍याई दिएको छ ।
काठमाडौंको भीमसेनगोला मार्गमा मंगलबार राति तीन वटा मोटर साईकलमा आएको समूहले आक्रमण गरेको हो । लाठ्ठी, तरवारलगायतका घरेलु हतियार सहित आएको समूहले प्रधानको गाडीका सिसा फुटाई दिएको प्रहरीले जनाएको छ ।
ट्राफिक जाममा परेका बेला अज्ञात समूहले उनलाई लठ्ठी र तरवारले आक्रमण गरेका थिए । आक्रमण भए पनि प्रधानलाई चोट लागेको छैन ।
आक्रमणमा संलग्नको पहिचान हुन सकेको छैन । प्रहरीले प्रधानको उजुरीका आधारमा सो समूहको खोजी कार्य जारी राखेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ । शनिबार गायक रामजी

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल