भात पकाउने कसौडीले हानेर पतिको हत्या

२३ पुष २०७०, मंगलवार १७:०७ मा प्रकाशित

सुनसरी, २३ पुस । कसौडीले हानेर धरानमा एक महिलाले आफ्नै पतिको हत्या गरेकी छन् ।
धरान नगरपालिका–१९ की ३० बर्षीया गंगा विकले घरायसी विवादका क्रममा ४० वर्षीय पति दिलकुमार राईलाई कसौडीले हानेर हत्या गरेकी हुन् ।
सोमबार राति सामान्य विवाद भए पछि विकले भात पकाउने गरिएको कसौडीले राईको टाउकोमा प्रहार गरेकी थिईन् । घाइते राईको उपचारका क्रममा मृत्यु भएको थियो ।
उता, रौतहटमा पानी जमेको खाल्डोमा खसेर डेढ बर्षीय बालकको मृत्यु भएको छ । देवाही–५ बस्ने हरिओम पटेलका डेढ बर्षीय छोरा रोहित पटेलको पानी जमेको खाल्डोमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालक घर नजिक रहेको पानी जमेको खाडलमा सोमबार खेल्ने क्रममा अचानक खसेर असक्त भएका थिए । उपचारका लागि अस्पताल तर्फ लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । गत बर्षको तीजमा फुर्के धागो बोलको गीतले सर्वाधिक चर्चा पाएपछि ‘फुर्के धागो २’ बजारमा आएको छ । यस

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको