देउखुरीलाई डुबान मुक्त बनाउन पहल गर्छु : रेग्मी

२३ पुष २०७०, मंगलवार १६:०५ मा प्रकाशित

काठमाडौं, २३ पुस । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले दाङको देउखुरी उपत्यकालाई डुवान मुक्त क्षेत्र बनाउन आफूले सक्दो पहल गर्ने आश्वासन दिएका छन् ।
दोलई खोला तटवन्ध निर्माण तथा सहयोग मुल समितिको नेतृत्वको टोलीसँग आज (मंगलबार) सिंहदरबारमा भएको भेटघाटका क्रममा अध्यक्ष रेग्मीले देउखुरीलाई डुबान मुक्त बनाउन राज्यले सक्दो सहयोग गर्ने आश्वासन दिए ।
‘सिंचाई मन्त्रालय मार्फत देउखुरीको डुबान समस्या समाधान गर्नु पर्छ,’ उनले भने, ‘सरोकारवालाई विभागका प्रमुखलाई आजै बोलाएर काम अघि बढाउन निर्देशन दिन्छु ।’
समितिका संयोजक गंगाराम भट्टराईले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमहीले तयार पारेको गुरुयोजना स्वीकृतिका लागि अध्यक्ष रेग्मीसँग आग्रह गरिएको जानकारी दिए । ‘गुरु योजना स्वीकृतिका लागि अध्यक्ष खिलराज रेग्मी ज्यूसँग आग्रह गरेका छौं,’ भट्टराईले भने, ‘थप पाँच करोड रुपियाँ बजेट उपलब्ध गराउन माग गरेका पनि छौं ।’ समितिले माग गरेको रकम तत्काल उपलब्ध गराउन अध्यक्ष रेग्मी सकारात्मक देखिएको उनले बताए ।
समितिले बुझाएको ज्ञापन–पत्र हेरे पछि अध्यक्ष रेग्मीले विपत ब्यवस्थापन गर्न सरकारी निकायका क्षेत्रमा कार्यक्रमहरु सञ्चालन भैरहेको बताए ।
जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमहीले लालमटिया, सिसहनियाँ, सोनपुर, चैलाही लगायत देउखुरीका अन्य गाविस भित्र पर्ने खोला तथा नदीलाई दीर्घकालीन रुपमा तटवन्ध गर्न तयार पारेको ८४ करोड १३ लाख ९४ हजार वढीको गुरुयोजना निर्माण गरेको छ ।

– दशरथ घिमिरे

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई