आतङ्कवादीहरुले नेपालबाट नयाँ नयाँ रुट प्रयोग गरे : भारतीय गृहमन्त्री

५ बैशाख २०६९, मंगलवार १३:५५ मा प्रकाशित

काठमाडौँ, वैशाख ५ (नागरिक)- भारतीय गृहमन्त्री पी चिदम्बरमले नेपाल र बङ्गलादेशबाट आतङ्कवादीहरुले नयाँ नयाँ बाटो प्रयोग गरी भारत प्रवेश गरिरहेकोले सुरक्षा खतरा बढेको भन्दै गम्भीर चासो व्यक्त गरेका छन्। मुख्यमन्त्रीहरुको वार्षिक सम्मेलनको उद्‍घाटनका क्रममा उनले सोमबार यस्तो बताएका हुन्।
“नेपाल र बङ्गलादेशबाट नयाँ नयाँ रुटहरु प्रयोग गरी हरेक साता भारतमा अवैध रुपमा प्रवेश गर्ने प्रयास भइरहेको हुन्छ’, उनलाई उद्‍धृत गर्दै द पायनियरले जनाएको छ।
बैठकमा भारतीय गृहमन्त्री त्यहाँका केही राज्यहरुमा माओवादीहरुको बढ्दो प्रभावबारे पनि चिन्ता जनाएका थिए।  उनीहरुले लोकतन्त्रका उपलब्ध सबै हतियार वाक स्वतन्त्रतादेखि बन्द र न्यायिक उपचारसम्मका बाटो प्रयोग गरेको चिदम्बरमले बताए। भारतका कयौँ सहरी इलाकासमेत माओवादीसमर्थित गतिविधिका नयाँ केन्द्र बन्दै गएको भन्दै उनले चिन्ता जनाएका थिए।
यसैबीच नेपालसित सीमा जोडिएका भारतीय राज्यका दुई मुख्यमन्त्रीले खुला सीमालाई नियन्त्रण गर्न दबाब दिएका छन्। बिहारका मुख्यमन्त्री नितिश कुमारले बिहार र नेपालबीच रहेको ७२६ किलोमिटर लामो खुला सीमाले समस्या निम्त्याइरहेको बताएका छन्। उनले सीमा क्षेत्रमा ठूलो संख्यामा सशस्त्र सीमा बल (एसएसबी) तैनाथ गरिनु पर्ने र सीमा सडक छिटो बनाउनु पर्ने तथा दुई देशका प्रहरीले नियमित रुपमा संयुक्त गस्ती गर्नुपर्ने बताएको टाइम्स अफ इन्डियाले जनाएको छ।
यस्तै उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादवले पनि नेपालसितको खुला सीमाले निम्त्याइरहेको समस्याप्रति चासो देखाउँदै केन्द्र सरकारले विशेष नीति ल्याएर राष्ट्रियताविरोधी गतिविधि नियन्त्रण गर्नुपर्ने बताएका छन्। निर्वाचित भएपछि पहिलो पटक मुख्यमन्त्रीहरुको सम्मेलनमा भाग लिँदै उनले पाकिस्तान र बंगलादेशसँगको सीमामा कडा निगरानी गरिएकाले नेपालसितको सीमामा हुनसक्ने असामाजिक र आतङ्कवादी गतिविधिप्रति सचेत गराएका थिए।
उनले नेपालसित उत्तरप्रदेशको सीमा जोडिएको  ५५० किलोमिटर खुला सीमामा चेकपोस्ट र विशेष प्रहरी व्यवस्था पर्याप्त मिलाउन केन्द्रको ध्यानाकर्षण गराएको द हिन्दुले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या