संस्थापनलाई अराजनैतिक हर्कत नगर्न चेतावनी

२३ पुष २०७०, मंगलवार ११:५० मा प्रकाशित

मुख्य मुद्दालाई विषयान्तर गरिँदै छ : भट्टराई
काठमाडौं, २३ पुस । एमाओवादीका पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले अज्ञात र अदृश्य कुनै ‘षड्यन्त्रको सिद्धान्त’ आविष्कार गरेर संस्थापन पक्षले मुख्य मुद्दालाई विषयान्तर गर्न लागेको आरोप लगाएका छन् ।
पूर्व उपाध्यक्ष भट्टराईले आज (मंगलबार) विज्ञप्ति जारी गरेर मुख्य मुद्दालाई विषयान्तर गरिदिने पुरानै शासकवर्गीय शैली भएको बताए । उनले त्यस्ता असैद्धान्तिक, अराजनीतिक र अनैतिक हर्कत नगर्न आग्रह गरेका छन् ।
‘कुनै पनि वैचारिक, राजनीतिक र सांगठनिक विषयमा वहस छलफल हुने वित्तिकै अज्ञात र अदृश्य कुनै ‘षड्यन्त्रको सिद्धान्त’ आविष्कार गरेर मुख्य मुद्दालाई विषयान्तर गरिदिने पुरानै शासकवर्गीय शैली भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तो असैद्धान्तिक, अराजनीतिक र अनैतिक हर्कत नगर्न सम्वन्धित सबैलाई आग्रह गर्दछु ।’
उनले भनेका छन्, ‘स्वस्थ राजनैतिक वहसलाई अघि वढाएर नयाँ ढंगको लोकतान्त्रिक संस्कार अभिवृद्धि गर्ने कार्यमा योगदान गर्न संचारजगत समेतलाई अनुरोध गर्दछु ।’
पार्टी र राज्यको समग्र लोकतान्त्रिककरण वारे भैरहेको सार्वजनिक वैचारिक–राजनीतिक वहस भएको भन्दै भट्टराईले भनेका छन्, ‘मैले कुनै पद हासिल गर्न मात्र यसो गरेको भन्ने आसयका समाचार र टिप्पणीहरु आएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
उनले आफू बिरुद्धका समाचार जुनसुकै स्रोतबाट प्रवाहित भएको भए पनि कसैसँग कुनै पद नमागेको बताए । ‘मेरा बिरुद्ध सरासर गलत, भ्रामक र वदनियतपूर्ण समाचार आएका छन्,’ उनले भनेका छन् ।
पूर्व उपाध्यक्ष भट्टराईले एमाओवादीमा कुनै व्यक्ति विशेष वा पदको भागवण्डाका लागि आफूले आवाज नउठाएको दोहर्‍याए ।
‘मैले लामो समयदेखि नयाँ ढंगको पार्टी निर्माण र लोकतन्त्रको नयाँ मोडेलको विकास वारे निरन्तर रुपमा पार्टी भित्र र सार्वजनिक रुपमा उठाउँदै आएको छु,’ भट्टराईले भनेका छन् ।
एमाओवादीमा केन्द्रीय संगठनात्मक संरचना र अन्य विविध पक्षलाई लिएर संस्थापन पक्षलाई सहयोग मिल्ने गरी सञ्चारमाध्यममा समाचार आए पछि पूर्व उपाध्यक्ष भट्टराईले आफ्नो बचाउ गरेका हुन् । उनले अध्यक्ष पुष्पकमल दाहालको घुमाउरो भाषामा बिरोध गरेका छन् ।

 

 

प्रेस वक्तव्य

केही समय यता पार्टी र राज्यको समग्र लोकतान्त्रीकरण वारे भैरहेको सार्वजनिक वैचारिक–राजनीतिक वहसका सन्दर्भमा केही संचार माध्यमहरुमा मैले कुनै पद हासिल गर्न मात्र यसो गरेको भन्ने आसयका समाचार र टिप्पणीहरु आएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सर्वप्रथम, जुनसुकै श्रोतबाट प्रवाहित भएको भए पनि मैले कसैसंग कुनै पद मागेको भन्ने कुरा सरासर गलत, भ्रामक र वदनियतपूर्ण छ र म त्यसलाई पूर्ण रुपले खारेज गर्दछु ।

दोश्रो कुरा, अहिलेको वहस र छलफलको मुख्य मुद्दा लोकतान्त्रिक मूल्य–मान्यता, विधि, प्रणाली र प्रक्रिया स्थापित गर्ने र लागू गर्ने हो, किन्तु कुनै व्यक्ति विशेष वा पदको भागवण्डा किमार्थ होइन । यस सन्दर्भमा मैले लामो समयदेखि नयां ढंगको पार्टी निर्माण र लोकतन्त्रको नयां मोडेलको विकास वारे निरन्तर रुपमा पार्टी भित्र र सार्वजनिक रुपमा उठाउ“दै आएका कुरा पुनः एक पटक सवैलाई स्मरण गराउन चाहन्छु ।

तेश्रो कुरा, कुनै पनि वैचारिक, राजनीतिक र सांगठनिक विषयमा वहस छलफल हुने वित्तिकै अज्ञात र अदृश्य कुनै ‘षड्यन्त्रको सिद्धान्त’ (conspiracy theory) आविष्कार गरेर मुख्य मुद्दालाई विषयान्तर गरिदिने पुरानै शासकवर्गीय शैली भएकाले त्यस्तो असैद्धान्तिक, अराजनीतिक र अनैतिक हर्कत नगर्न सम्वन्धित सवैलाई आग्रह गर्दछु र स्वस्थ राजनैतिक वहसलाई अघि वढाएर नया“ ढंगको लोकतान्त्रिक संस्कार अभिवृद्धि गर्ने कार्यमा योगदान गर्न संचारजगत समेतलाई हार्दिक अनुरोध गर्दछु ।

 

………………………….
२०७०–९–२३ (बाबुराम भट्टराई)
एकीकृत नेकपा (माओवादी)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत बर्षको तीजमा फुर्के धागो बोलको गीतले सर्वाधिक चर्चा पाएपछि ‘फुर्के धागो २’ बजारमा आएको छ । यस

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ । शनिबार गायक रामजी

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित