बिदेशी औषधिका कारण स्वेदशीलाई समस्या

२३ पुष २०७०, मंगलवार १०:३५ मा प्रकाशित

काठमाडौं, २२ पुस । विदेशी औषधिहरुका कारण स्वदेशी औषधि कम्पनीले आफ्ना उत्पादनमा चाहेर पनि मूल्य कम गर्न नसकेको उत्पादकहरुले बताएका छन् । भारत लगायत विदेशी ठूला कम्पनीहरुले औषधिमा विक्रेतालाई ५० देखि ७५ प्रतिशत कमिसन दिने गरेकाले प्रतिष्पर्धामा टिक्न पनि स्वदेशी कम्पनीहरु पनि कमिसन धेरै दिन बाध्य हुने गरेको जनाइएको छ ।

उनीहरुले आयातित औषधिको मूल्य कम गर्ने सर्तमा विगतमा केही अत्यावश्यक औषधिको भाउ कम गरेका थिए । तर, सरकारले विदेशी उत्पादनको भाउ कम गर्न नसकेपछि नेपाली कम्पनीहरु पुरानै मूल्य कायम गर्न बाध्य हुनुपरेको पनि उल्लेख गरिएको छ ।

नेपाल औषधि उत्पादक संघले फाल्गुन दोस्रो साता राजधानीमा गर्न लागेको फर्मा एक्सपोको पाँचौ संस्करणबारे जानकारी दिन सोमबार गरिएको पत्रकार सम्मेलनका अवसरमा उक्त जानकारी गराइएको हो । नेपालमा अहिले ४५ वटा औषधि उद्योग छन् ।

यी सबैले विश्व स्वास्थ्य संगठनको जीएमपी प्रमाणीकरण लिएर अत्याधुनिक प्रयोगशाला मार्फत अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेर औषधिहरु उत्पादन गर्दै आएको संघले जनाएको छ । हाल करिब ७७ प्रकारका जीवन उपयोगी औषधिमा नेपाल आत्मनिर्भर रहेको पनि संघले उल्लेख गरेको छ ।

यस अवस्थामा पनि भारतीय कम्पनीका जस्तोसुकै औषधि नेपालमा सजिलै प्रवेश पाउने तर नेपाली औषधिलाई भने भारत पठाउन अवरोध रहेको प्रति उनीहरुले गुनासो गरे ।

नेपाल आत्मनिर्भर रहेका औषधिको आयातमा गैरभन्सार अवरोध लगाएर भएपनि आयात निरुत्साहित गरिनुपर्नेमा संघले जोड दिएको छ । संघका अध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले वार्षिक रुपमा ३ अर्ब बढीको औषधि खरिद गर्दा पनि दाताहरुको प्रभावमा नेपाली कम्पनी मारमा पर्दै आएको बताए ।

करिब १७ अर्बको औषधि बजारमा नेपाली उत्पादनको साढें ७ अर्ब बराबर रहेको जनाइएको छ । संयोजक दीपकप्रसाद दाहालले एक्सपो बारे विस्तृत जानकारी गराए ।

एक्सपो फाल्गुन १६ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डमा गर्न लागिएको हो । ‘गुणस्तरीयता मार्फत दिगोपना’ मूल नारा तय गरिएको छ । देशले के–के औषधि कसरी बनाउँदै छ ? त्यसलाई उजागर गर्न मेला गर्दै आएको संघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड