नेपालको दोस्रो जित

२३ पुष २०७०, मंगलवार ०२:१७ मा प्रकाशित

हेमन्त काफ्ले, सिड्नी, २३ पुस । एक दिवसिय छनोट खेल तयारीमा रहेको नेपाली राष्टिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा क्यान्टवरी सेलेक्सन ११ लाई छ रनले हराउदै आफ्नो मनोबललाई उच्च् पारेको छ । पुछारका ब्याट्सम्यान र किफायती स्पीन बलरका रुपमा चिनिएका बशन्त रेग्मीको शानदार प्रर्दशन क्यान्टवरीविरुद्धको जितमा महत्वपूर्ण रह्यो। तिन विकेट हात पारेका बशन्तलेनर्वौ नम्बरमा मैदानमा उत्रेरपनि क्यान्टवरीविरुद्ध ३२ बलमा ४३ रनको योगदान दिएका थिए । मिडियम पेशर बलरका रुपमा भित्रिएका भैरहवाका वशन्तले धेरै पटक ठुला प्रतियोगिताहरुमा नेपालकोइज्जत जोगाउदै आएका छ न ।, आजको खेलमा पुछारमा ब्याटिङ्गमा गएपनि पुरै ओभर टिक्नुपर्छ भन्ने सोच आयो र टिकेर खेले । तर अन्तमा रन आउट हुनु परेपनि राम्रै खेले भन्न् अनुभुती भएको छ । यसले हामीलाई मुख्य प्रतियोगितामा साथ दिने बिश्वास लिएकोछु, बशन्तले कुराकानीमा ताए । ओपनर महेश क्षेत्री १६ रन र अनिल मण्डल १८ रनमा आउट हुन पुगेका थिए । ज्ञानेन्द्र मल्लले लामो पारी खेल्दै ४७ रन जोडे । कप्तान पारस खडका २६ रन बनाएर रिटार्यड हर्ट हुनपुगेपछि नेपाली टोली संकटमा परेको थियो। शरद भेषावकरले २६ रन जोड्दै टोलीलाई अगाडि बढाए भने बिनोद भण्डारी मात्र ३ रनमा आउट हुन पुगे । बिष्फा्टक ब्याट्सम्यान प्रदिप पनि लामो सट खेल्ने चक्करमा ३ रनमा आउट भएपछि सागर पुनले १० रन जोडेका थिए । बशन्त रेग्मीले४३ रन शक्ती गौचनले सात रन जोडेपनि नेपालको स्कोर दुइ सय १०) पुगेको थियो । पहिलो ब्याटी१ञ गरेको नेपालले दुइ सय ११ रनको लक्ष्य पस्केपनि क्यान्टवरी ११ नौ विकेटको नोक्सिानीमा मात्र दुइ सय ४ रनमा समेटिन पुगेको थियो । क्यान्टवरीका बी रब्सनले सर्वाधिक ५४५ रन जोडेका थिए । नेपाली बलरहरुमा वशन्त बाहृक अविनास कर्ण, सोमपाल कामी, सागर पुन शत्ती गौचनले एक एक विकेट लिएका थिए । नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले प्रारम्भका खेलाडीहरु जम्न नसकेपनि पुछारका खेलाडीहरले राम्रो प्रदशन गर्दा जित सम्भव भएको बताए । उनले भने,अभ्यास खेलले यहाको हावा पानी र पीचको नेचर बारेमा खेलाडीहरुले बझने मौका पाउने छन । नेपालले यसअघि क्यान्टवरीकै अर्को टिकलाई हराएको थियो । दुइ साताअिघ यहाको वाताबरणसँग घुलमिल हुन नेपाली टोली आयोजक राष्ट्र आएको प्रशिक्षक टमाटाले बताए । नेपालले तेस्रो अभ्यास खेल मंगष्लबार खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं