राष्ट्रपतिको ओभर सक्रियता शोभनीय भएन: ज्ञावली

२२ पुष २०७०, सोमबार १७:१० मा प्रकाशित

कांग्रेसले नेतृत्व गर्न नपाए प्रतिपक्ष : खडका
काठमाडौं, २२ पुस । एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले संविधानसभाको बैठक बोलाउने विषयमा राष्ट्रपतिले गरेको राजनीतिक सक्रियता अशोभनीय भएको बताएका छन् ।
काठमाडौंमा आज (सोमबार) भएको कार्यक्रममा ज्ञवालीले विभिन्न दलका नेताहरुलाई भेट्दै गरेको लविङ शोभनीय नभएको टिप्पणी गरे ।
‘राष्ट्रपति जस्तो गरिमामय पदको लागि शोभा राख्न सक्नु पर्छ,’ उनले भने, ‘देशकै गरिमामय पदमा बस्नेले आकाक्षा र दुराकांक्षा राख्नु हुंदैन ।’
उनले अन्तर्राष्ट्रिय प्रचलन अनुसार पनि राष्ट्र प्रमुखले संविधानसभाको पहिलो बैठक बोलाउनु उपयूक्त हुने बताए । यद्यपि उनले सो विषय अदालतमा विचाराधीन रहेकाले कुर्नुपर्ने बताए ।
एमाओवादीका नेता टोपबहादुर रायमाझीले कार्यकारी भन्दा बढी राष्ट्रपतिले चासो र चिन्ता लिनु राम्रो नभएको बताए । उनले राष्ट्रपति डा.रामवरण यादवले यसअघि पनि बाबुराम भट्टराई प्रधानमन्त्री हुंदा अध्यादेश पारित नगरेर राजनीति गरेको आरोप लगाए ।
उनले नयां जनादेश आईसकेको अवस्थामा अहिलेकै राष्ट्रपतिले निरन्तरता खोज्नु उचित नभएको तर्क गरे । ‘जनादेश नयां राष्ट्रपति पुरानै हुनै सक्दैन,’ उनले भने, ‘सरकार नयां, संविधानसभा नयां, राष्ट्रपति चांही पुरानो हुन सक्दैन । कोही बाचुञ्जेललाई राष्ट्रपति हुन सक्दैन ।’
कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले सरकारको नेतृत्व गर्न नपाए प्रतिपक्षमा बस्ने बताए । उनले सभापति सुशील कोइरालाले सरकारको नेतृत्व गर्नु स्वभाविक भएको बताए ।
उनले एमालेले सरकार गठन संगै राष्ट्रपतिको निर्वाचनको कुरा ल्याएकाले त्यो सत्ताको बार्गेनिङ भएको आरोप लगाए । उनले एमालेले भने जसरी कुरा मिल्न कठिन रहेको भन्दै कुरा नमिले कांग्रेस प्रतिपक्षमा बस्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्