दाङको उन्नती र विकासमा सहयोग गर्छौं

२२ पुष २०७०, सोमबार १६:५५ मा प्रकाशित

दाङ, २२ पुस । दाङबाट प्रतिनिधित्व गर्ने सभाषदहरुले जिल्लाको समग्र विकासका लागि सामूहिक रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रजातान्त्रिक थारु समाज दाङले आज (सोमबार) घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनीहरुले जिल्लाको समग्र विकास र उन्नतीमा आफूहरुले ध्यान दिने बताए । उनीहरुले विकास र उन्नतीका साथै नयां संविधान निर्माणको कार्यमा लाग्ने बताए ।
सभाषद् अनिता देवकोटा, सुशीला चौधरी र डिल्लीबहादुर चौधरीले दाङका जनताको सहयोग र विश्वासका कारण आफूहरु संविधानसभा सम्म पुगेको बताए । उनीहरुले कांग्रेसको नेतृत्वमा मुलुकले नयां संविधानका र उन्नती पाउने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्