राष्ट्रपतिद्धारा समाजवादी पार्टीका अध्यक्षसंग परामर्श

२२ पुष २०७०, सोमबार १६:३६ मा प्रकाशित

काठमाडौं, २२ पुस । राष्ट्रपति डा.रामवरण यादवले संविधानसभाको बैठक बोलाउने विषयमा संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईसँग राजनीतिक परामर्श गरेका छन् ।
राष्ट्रपति कार्यालय शीलत निवासमा आज (सोमबार) भएको परामर्शमा संविधानसभा बैठक र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो ।
भेटपछि पत्रकारसंग कुरा गर्दै अध्यक्ष राईले संविधानसभा बैठक बोलाउने विषयमा आफूले ठोस सुझाव नदिएको बताए । ‘राष्ट्रपतिबाट नै बैठक बोलाउने अन्तर्राष्ट्रिय प्रचलन छ,’ उनले भने, ‘बैठक बोलाउने भन्ने विषयमा अदालतमा मुद्दा विचाराधीन भएकाले कुनै सुझाव दिएन ।’
अध्यक्ष राईले छिटोभन्दा छिटो विवाद टुङग्याएर संविधानसभाको बैठक सुचारु गर्न राष्ट्रपति डा.यादवले ध्यानाकर्षण गराएको बताए ।
संविधानसभाको बैठक राष्ट्रपतिले वा प्रधानमन्त्रीले कसले बोलाउने भन्ने विषयमा सहमति हुन नसकेपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । सोही विषयमा राष्ट्रपतिले विभिन्न दलहरुसंग दैनिक सरह छलफल गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग