आईपिएलमा दिल्लीको जित

५ बैशाख २०६९, मंगलवार ११:०७ मा प्रकाशित

काठमाडौ, ५ बैशाख । इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत गएराती सम्पन्न खेलमा दिल्ली डेयर डेभिल्स विजयी भएको छ । वानखेडे क्रिकेट स्टेडियममा भएको खेलमा मुम्वई इण्डियनलाई ७ विकेटले हराउँदै दिल्लीले तेस्रो जित दर्ता गरेको हो । टस हारेर पहिले व्याटिङमा तानिएको मुम्वई फितलो व्याटिङका कारण ४ बल अगावै ९२ रन बनाएर अल आउट भयो । मुम्वईका लागि कप्तान हरभजन सिंहले ३३ रनको योगदान दिएपनि अन्य व्याट्सम्यान टिक्न सकेनन् । त्यसपछि ९३ रनको विजयी लक्ष पछ्याएको दिल्लीले १४.५ ओभरमा ३ विकेट गुमाएर लक्ष भेट्टायो । दिल्लीका लागि कप्तान विरेन्द्र सहवागले ३२ रनको योगदान गरे । खेलमा १६ रन दिएर दुई विकेट लिएका सहवाज नदिम म्यान अफ द म्याच घोषित भएका छन् । ४ खेलमा तीन जित दर्ता गरेको दिल्ली अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
यसैबीच आइपिएलमा आज दुई खेल हुँदैछ । आजको पहिलो खेलमा अङ्क तालिको पुच्छारमा रहेको डेक्कन चार्जर्सले दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको सामना गर्दै छ । यस्तै दोस्रो खेलमा पुणे वारियर्स इण्डिया र कोलकत्ता नाईट राईडर्स भिड्दै छन् । ४ खेलमा तीन जित दर्ता गरेको पुणे अङ्क तालिकाको तेस्रो र ५ मा दुई खेल मात्रै जितेको कोलकत्ता पाँचौ स्थानमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित