सहमतिमा संविधान बनाउन अमेरिकी सुझाव

२२ पुष २०७०, सोमबार ११:५२ मा प्रकाशित

काठमाडौं, २२ पुस । एमाओवादीका पूर्व उपाध्यक्ष बाबुराम भट्टराई र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेबीच भेटवार्ता भएको छ ।
ललितपुरमा आज (सोमबार) भएको भेटवार्तामा भट्टराईले सरकार बनाउने र गिराउने खेलमा नलाग्ने स्पष्ट पारे । ‘अहिले सरकारमा जांदैनौ,’ उनले भने, ‘सरकार बनाउने र गिराउने खेलामा पनि लाग्दैनौं ।’
एक बर्षभित्र नयाँ संविधान जारी गर्न सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता अमेरिकी राजदूत बोडे समक्ष गरेको भट्टराईको निजी सचिवालयले जनाएको छ ।
राजदूत बोडेले संविधानसभामा पार्टीको भूमिका, सरकार गठन र आर्थिक विकासको एजेण्डाका विषयमा समेत जिज्ञासा राखेका थिए । उनले सहमतिमा नयां संविधान बनाउन पनि सुझाव दिए ।
एमाओवादी नेता भट्टराईले आफूहरु प्रतिपक्षमा बसेर लोकतान्त्रिक संविधान जारी गर्न सघाउने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा