राष्ट्रपतिद्धारा साना दलहरुसंग राजनीतिक परामर्श

२१ पुष २०७०, आईतवार १५:५४ मा प्रकाशित

काठमाडौं, २१ पुस । राष्ट्रपति डा.रामवरण यादवले साना राजनीतिक दलहरुसँग भेट गरी मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज (आइतबार) डा.यादवले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसहितका नेताहरुसंग भेटवार्ता गरेका हुन् ।
उनले मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, संघीय समाजवादी दल, नेपाली जनता दललगायत संविधानसभामा प्रतिनिधित्व गर्ने आठ साना दलका नेतासँग पनि भेटवार्ता गरेका हुन् ।
राष्ट्रपति डा.यादवले जतिसक्दो चाँडो सरकार गठनमा जोड दिंदै एक वर्षभित्र संविधान निर्माण गरि अघि बढ्न आग्रह गरे ।
संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई डा.यादवले मंगलबार चियापानका लागि आमन्त्रण गरिएका छन् ।
साना दलका नेताहरुले संविधानसभाको बैठक राष्ट्रपतिले नै आह्वान गर्नुपर्ने धारणा राखेको नेमकिपाका अध्यक्ष बिजुक्छेले जानकारी दिए ।
उनले चार दलका नेता जे गर्छन् त्यही मान्ने पक्षमा आफुहरु नरहेको भन्दै अनौपचारिक रुपमा जस्तो छलफल गरे पनि ती निर्णयलाई औपचारिकता प्रदान नगर्न राष्ट्रपतिसँग आग्रह गरेको बताए ।
अन्तर्राष्ट्रिय प्रचलन र मान्यता संविधानसभा बैठक राष्ट्रपतिले नै बोलाउने भएपनि संविधानमा प्रधानमन्त्रीले बैठक बोलाउने भन्ने व्यवस्था भएकाले यसबारे अन्यौल बढेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्