वृद्धवृद्धा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

५ बैशाख २०६९, मंगलवार ११:०५ मा प्रकाशित

रौतहट, ५ बैशाख । केही महिनादेखि चन्द्रनिगाहपुरका वृद्धवृद्धाहरुले सामाजिक सुरक्षा भत्तावापत पाउँदै आएको रकम पाउन सकेका छैनन् । जिल्ला विकास समिति रौतहटले अब रकम गाविसको नाममा नेपाल बैंक चन्द्रनिगाहपुर शाखामा पठाउने भएका कारण समाजिक सुरक्षा वापतको रकम बाँड्न ढिलाई भएको नमुना गाविसको कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । जिल्ला विकास समितिले यस वर्षको रकम पठाउनका लागि ढिला गरेको र त्यो पनि बैंकमा खाता खोलेपछि मात्र पठाउने भनेका कारण समस्या उत्पन्न भएको गाविसका नायव सुब्वा उदयप्रसाद देबकोटाले बताउनुभयो । नेपाल बैंक चन्द्रनिगाहपुरले कागजात मिलाउनका लागि समय लाग्ने बताएका कारण सामाजिक सुरक्षावापतको रकम पाउनु पर्नेहरूने बेलैमा नपाएका हुन् । जिल्लाका उत्तरी भेगका अधिकांस गाविसहरुले जिल्ला विकास समितिले रकम नपठाएको भन्दै साामजिक सुरक्षावापतको रकम बाँडन नपाएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । पूर्वी नाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो

विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसको

आजको प्रमुख समाचार