सभापति कोइराला र अमेरिकी राजदूतबीच भेटवार्ता

२१ पुष २०७०, आईतवार १४:२२ मा प्रकाशित

काठमाडौं, २१ पुस । कांग्रेस सभापति सुशील कोइराला र नेपालका लागि अमेरिकी राजदूत पीटर डब्ल्यु बोडेबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ ।
सभापति कोइरालाको निवास महाराजगञ्जमा आज (आइतबार) भएको भेटवार्तामा हालै सम्पन्न निर्वाचन, नयां संविधान र सरकार गठनलगायतमा छलफल भएको भेट पछि जारी विज्ञप्तिमा उल्लेख छ ।
राजदूत बोडेले सभापति कोइरालालाई संविधानसभा निर्वाचनमा कांग्रेसलाई विजयी बनाएका विषयमा बधाई पनि दिए ।
कोइरालाले पनि संयुक्त राज्य अमेरिकाले नेपालको प्रजातन्त्र स्थापना र संस्थागत विकासमा दिएको नैतिक समर्थनका साथै आर्थिक सामाजिक विकासमा दिएको निरन्तर सहयोगको प्रसंशा गरे ।
सरकार गठन र संविधानसभा बैठक आह्वानका विषयमा ढिलाई भई रहेका बेला अमेरिकाले सो विषयमा पनि चासो राखेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा