आर्थिक तथा सामाजिक रुपान्तरण एमालेको मूल लक्ष्य: नेता नेपाल

२० पुष २०७०, शनिबार ०३:२५ मा प्रकाशित

वीरगन्ज, १९ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले लोकतान्त्रिक र प्रगतिशील संविधान निर्माण गरी मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नु नै एमालेको मूल लक्ष्य भएको बताउनुभएको छ ।
नेकपा (एमाले) पर्सा क्षेत्र नं ३ द्वारा आज पार्टी कार्यालय मनमोहन नगरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहा“ले भन्नुभयो – सबै क्षेत्र र तप्काका नागरिकको चाहना र भावनालाई सम्मान हुने गरी आगामी एक वर्षभित्र लोकतान्त्रिक र प्रगतिशील संविधान निर्माण गरेर मुलुकलाई समृद्धितर्फ लैजाने महान् अभियानमा एमाले अगाडि बढिरहेको छ ।
वरिष्ठ नेता नेपालले मङ्सिर ४ मा सम्पन्न संविधानसभाको निर्वाचनको जनादेशलाई ध्यानमा राखेर सबै समस्याको समाधान पनि जननिर्वाचित निकायबाटै खोज्नुपर्ने बताउँदै संविधानसभाको बैठक कसले बोलाउने भन्ने सम्बन्धमा आग्रह र पूर्वाग्रहभन्दा पनि संविधानको भावना र प्रक्रियाअनुरुप नै बोलाउ“दा उपयुक्त हुन्छ भन्नुभयो । वरिष्ठ नेता नेपालले सिद्धान्त, निष्ठा, विचार तथा मूल्य र मान्यताको राजनीति गरेका कारण नै आज एमाले सबै नेपालीको आस्था र विश्वासको विशाल पार्टी भएको चर्चा गर्दै आगामी दिनमा पनि एमालेका प्रत्येक कार्यकर्ताले उच्च मनोबल र जिम्मेवारीका साथ जनतासँगको सम्बन्धलाई अझ घनिभूत बनाउ“दै अघि बढ्नुपर्छ भन्नुभयो । सुशासन र लोकतान्त्रिक मूल्य मान्यतालाई तल्लो तहसम्म पु¥याउन अब स्थानीय निकायको निर्वाचन गर्नु अपरिहार्य भएको उहा“ले बताउनुभयो । नेकपा (एमाले) पर्सा क्षेत्र नं ३ का क्षेत्रीय सभापति एवम् पर्सा क्षेत्र नं ३ बाट निर्वाचित सभासद् राजकुमार गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा समानुपातिकतर्फका सभासद्हरु रामचन्द्र साह, नागेन्द्र चौधरी र काशीनाथ अधिकारीले जनताको परिवर्तनको चाहनाअनुरूप संविधान निर्माण गर्न आफूहरू दृढ रहेको बताउनुभयो । कार्यक्रममा संविधानसभा निर्वाचनमा रौतहटबाट निर्वाचित एमालेका वरिष्ठ नेता नेपाललाई सम्मान गरिनुका साथै एमालेबाट पर्सा क्षेत्र नं २, ३ र ५ बाट निर्वाचित सभासद्हरु क्रमशः विचारी यादव, राजकुमार गुप्ता र जयप्रकाश थारुलाई पनि फूलको माला लगाई सम्मान गरिएको थियो । त्यस्तै सम्मानित हुनेमा समानुपातिकतर्फका सभासद्हरु चौधरी, साह, अधिकारी र जुनैद अन्सारी हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको